arrow

दुर्घटनामा दुई प्रहरीको मृत्यु

logo
प्रकाशित २०७२ फागुन २९ शनिबार
saptari-map.jpg.jpeg
सप्तरी। पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको कडरबोनामा आज भएको दुर्घटनामा परी दुई प्रहरीको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना४ख १४३० नम्बरको ट्रकमा पूर्व–पश्चिमतर्फ जाँदै गरेको बा२२प ८५५७ नम्बरको मोटरसाइकल ट्रकमा ठोकिएर दुईजना प्रहरीको मृत्यु भएको प्रहरीले जनाएको छ । सो दुर्घटनामा परी सुनसरी भादगाउँ सिनवार–८ घर भएका प्रहरी सुरज चौधरी र उदयपुर रामपुर ठोक्सिला–१ घर भएका प्रहरी सीताराम खड्काको मृत्यु भएको प्रहरी नायब उपरीक्षक दानबहादुर कार्कीले बताए । 
 
उनीहरुको मोटरसाइकल दुर्घटनालगतै उपचारका लागि विराटनगरस्थित न्युरो अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको बताइएको छ । 
मृतक दुबै प्रहरी इलाका प्रहरी कार्यालय लहानमा थप मद्दतका लागि जाने क्रममा ट्रकमा ठोकिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ