arrow

विलासीयुक्त जापानका 'स्लीपर ट्रेन' : जो रातको १० बजे छुटछन् टोकियोबाट

logo
प्रकाशित २०७५ फागुन १६ बिहिबार
sleeper_train.jpg

काठमाडौं । जापान त्यतिकै विकसित मुलुकको सूचीम अटाएको होइन । त्यसका लागि जापानले दोस्रो विश्वयुद्धपछि उल्लेख्य प्रगति गरेको थियो । सन् १९६० को दशकमा रेलवेका साथै जापानको अर्थतन्त्रमा उल्लेख्य सुधार आएको थियो ।

पहिलो आधुनिक उच्च गतिको रेल लाइन १९६४ मा खुलेको थियो । त्यसैगरी जापानले आफ्नो मुलुकमा रेलको क्षेत्रमा महत्वपूर्ण सुधार हासिल गरेको थियो । यहाँ जापानको एक सुविधा सम्पन्न रेलको बारेमा वर्णन गरिएको छ ।

जापानका सनराइज सेटो र सनराइज इजुमो नियमितरुपमा चल्ने स्लीपर रेल हुन् । यी दुई रेललाई ओकायामासम्म एकैसाथ जोडेर पठाइन्छ भने त्यहँबाट सनराइज सेटो टाकामात्सु सहरमा जाने गर्छ भने सनराइज इजुमो इजुमो सहरमा जान्छ ।

सधैं रातको १० बजे यी रेलहरु राजधानी सहर टोकियोबाट आफ्नो गन्तव्यमा प्रस्थान गर्छन् । बिहान यी रेलहरु आफ्नो गन्तव्यमा पुग्छन् । यो विलासी रेलको फाइदा उठाउँदै मानिसहरु एक रातको होटलको खर्च बचाउन सक्छन् । यो रेल नियमितरुपमा नचलेको खण्डमा यसको क्याबिनमा रहेको नोबी नोबी नाम गरेको क्षेत्र खुला हुने गरेको छ । यहाँ मानिसलाई बस्नको लागि निकै राम्रो व्यवस्था रहेको छ ।
 
रेलको डिब्बाको प्रकारको आधारमा यहाँको भाडा निर्धारण हुने गरेको छ । त्यसका लागि करिब १७ हजार जापानी युआन तिर्नुपर्ने हुन्छ । तर, अतिरिक्त भुक्तानी विना नै नोबी नोबीको प्रयोग गर्न सकिन्छ ।

सामान्य उपयोगको क्षेत्रमा एक शावर रहेको छ, टोकन खरिद गरेपछि मानिसले ६ मिनेटसम्म यसको प्रयोग गर्न सक्छन् । यद्यपि टोकनको आपूर्ति निकै सीमित रहेको छ, त्यसैले यात्रामा शावरको प्रयोग गर्न चाहने मानिसले छिटै नै टोकन खरिद गर्नुपर्ने जरुरी हुन्छ ।
 
एकातिर सनराइज सेटो-इजुमोले विभिन्न योजना ल्याउँदै ग्राहक आकर्षित गर्ने प्रयास गरिरहेका छन् । यसमा मेशेलिन–स्टारर्ड शेफले तयार पारेको मेनूका साथमा फाइभस्टार लाउन्जको पनि व्यवस्था छ । यसमा सामान्यरुपमा का मगर्ने फायरप्लेस, डाइनिङ र अक्जर्भेटरी कारको साथमा फ्लोर–टू–फ्लोरको मनोरम दृश्य पनि रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ