arrow

बाबा आउने बाटो हेर्दै रवीन्द्र अधिकारीका छोरा

logo
प्रकाशित २०७५ फागुन १७ शुक्रबार
Rabindra-adhikari-small-son-Swaraj.jpg

पोखरा । दिनभर घरमा शुभेच्छकको भीड लागिरहँदा स्वराज अधिकारी बार्दलीमा निस्किएर भीड नियाल्दै थिए। उनी घरि भित्र गएर हजुरआमालाई सुम्मुम्याउँथे त घरि बाहिर आएर बाटोतिर आँखा लगाउँथे। जसै भीड यतैकतै रवीन्द्र अधिकारी छन् भनेर बाटैतिर आँखा लगाइरहन्थ्यो।

उसैगरी ८ वर्षे स्वराज बाबा बाटोतिरै हेरिरहेका थिए। ‘हाँस्दै र हात हल्लाउँदै आइहाल्छन् जस्तो लाग्ने’, भीडमा आवाज आयो, ‘पत्यारै लागेको छैन।’ 

पर्यटन मन्त्री रवीन्द्र अधिकारीको घरमा बिहीबार दिनभर शुभेच्छुक पुगे। आमाबाबुलाई भेटे र सान्त्वना दिए। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसहित सबै ७ मन्त्रीले बिहीबार स्वर्गीय रवीन्द्रको पोखरा ५ स्थित घर पुगी उनका आमाबुवालाई भेटेर समवेदना प्रकट गरे। 

मन्त्री अधिकारीको घरमा बिहीबार थुप्रै शुभचिन्तक पुगेका थिए। बुधबार काठमाडौं लगिएका उनका आमाबुवा बिहीबार फेरि जहाजमै पोखरा फर्किए। काठमाडौंमै अन्त्येष्टि हुनसक्ने भन्दै आमाबाबुलाई बुधबार काठमाडौं लगिएको थियो। (अन्नपूर्ण पोष्टबाट)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ