arrow

डेन्ड्रफ कसरी हटाउने

logo
प्रकाशित २०७५ फागुन १७ शुक्रबार
Dandruff1.jpg

काठमाडौं । चिसो मौसममा मानिसहरुको छाला पनि सख्खा हुन्छ । यसले चायाको समस्या निम्त्याउँछ । यो समस्याले धेरै मानिसहरु समस्यामा हुन्छन् । यसबाट पार पाउनका लागि निम्न घरेलु उपायको प्रयोग गर्न सकिन्छ –

१. अण्डा र कागतीको रस

प्रोटिनको भण्डार मानिने अण्डाले कपाललाई मजबुत बनाउँछ । साथै यसले चाया पर्ने, कपाल झर्नेजस्ता समस्याहरु पर सार्नका लागि सहयोग गर्छ । अण्डाको सेतो भागलाई कागतीको रससँग मिसाएर कपालमा लगाउनुहोस् र आधा घण्टा छाडिदिनुहोस् । त्यसपछि कुनै स्याम्पू वा साबुनको प्रयोग गरी सफा गर्नुहोस् । यसबाट चायाको समस्या बाट छुट्कारा पाउन सकिन्छ ।

२. दही, मह र कागती

एउटा कचौरामा आधा कप दही, अलिकति कागतीको रस र मह राखेर मिक्स गर्नुहोस् । उक्त मिक्सलाई लगाएर आधा घण्टासम्म कपाल त्यसै छाडिदिनुहोस् । त्यसपछि कुनै स्याम्पु लगाएर कपाल धुनुहोस् । यसले पनि चाया हटाउनका लागि सहयोग गर्छ ।

३. अमला
भिटामिन सी अमलालाई पिसेर धुलो बनाइ पानीसँग मिसाउनुहोस् । यसमा आठदेखि १० पत्ता तुलसीको पात राख्नुहोस् । अब यसलाई कपालमा लगाएर करिब आधा घण्टा छाडिदिनुहोस् । त्यसपछि त्यसलाई चिसो पानीले सफा गर्नुहोस् । यसले चायाको समस्या समाधान हुनसक्छ ।

४. नीम
नीमको औषधीको गुण कसैबाट पनि लुकेको छैन । चायाको समस्या समाधानको लागि नीमको पत्तीहरुलाई पेस्ट बनाएर एक कप दहीसँग मिसाउनुहोस् । यो मिश्रणलाई कपालमा लगाई १५ देखि २० मिनेटसम्म त्यसै छाडिदिनुहोस् । अन्तिममा सफा पानीले नुहाउनुहोस् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ