arrow

चीनको भविष्य सम्झिएर व्यवसायी चिन्तित, देश छाड्नेको लहर बढ्दै

logo
प्रकाशित २०७५ फागुन १८ शनिबार
Dragon.JPG

काठमाडौं । चीनको शांघाईमा रियल एस्टेट डेवलपरको रूपमा काम गर्ने चन तियनयोन्ग पछिल्लो महिना हवाईजहाज मार्फत् विदेश जाँदै थिए । उनी चीन छाडेर माल्टा जाँन लागेका रहेछन्। चीनमा सोचे जस्तो व्यवसाय फस्टाउन नसकेपछि देशै छाडेर जान लागेका उनी निकट भविष्यमै चीन फर्किने कुनै पनि योजना नै नरहेको सुनाउँछन्। माल्टा विमानस्थलमा जहाज अवतरण भएपछि पूर्वन्यायाधीस समेत रहेका चनले सामाजिक सञ्जालमा चीनको बारेमा २८ पेजको एउटा आर्टिकल लेखेका छन् । त्यसमा उनले चीन छाड्नुको कारणलाई विस्तारमा व्याख्या गरेका छन् ।  

न्यू योर्क टाइम्सको एक रिपोर्टका अनुसार उनले लेखेका छन् कि, 'चीनको अर्थव्यवस्था एउटा त्यस्तो ठूलो जहाज हो। जो निकट भविष्यमा नै डुब्ने सम्भावनामा छ । आधारभूत बदलाव बिना नै जहाज डूब्ने निश्चित छ र प्यासेन्जर समेत मारिनेवाला छन् ।' उनले अघि लेखेका छन् कि, 'मेरा साथीहरु यदि तपाईं पनि यसबाट मुक्त हुन चाहनुहुन्छ भने जति सक्यो चाँडो आफ्नो व्यवस्था गर्नुहोस् ।' 

न्यूयोर्क टाइम्सको सो लेख सेन्सर गरिएको चिनियाँ इन्टरनेटका प्रयोगकर्ताहरुले कत्तिको पढ्न भ्याए । तर चन तियनयोङले त्यो कुराहरु खुल्लम खुल्ला बताईदिएका छन् कि चिनियाँ अर्थ व्यवस्था अहिलेको जस्तैगरी जाने हो भने कुनै समय दूर्घटना समेत हुनसक्छ । 

धेरै चिनियाँ कारोबारीहरु आफ्नो मनको भावना खुल्लम खुल्ला राख्न सक्दैनन् । उनीहरु गुपचुप तरिकाले यस्ताकुराहरु राख्ने गर्दछन्। चीनको नेतृत्वले दुनियाँको दोस्रो सबैभन्दा ठूलो अर्थव्यवस्थालाई गलत तरिकाले चलाएको र चीनको उद्यमीहरुमा देशको भविष्यबारे भरोसा गुम्दै गएको आरोप धेरैले लगाउन थालेका छन् । 

ट्रेड वारको पनि ठूलो असर 

चीनको अर्थव्यवस्था पछिल्लो समय एकदमै सुस्त गतिमा चलिरहेको छ । अमेरिकाको साथ चलिरहेको ट्रेड वारले चीनको विकासलाई बाधित गरेको छ । तर, उद्यमी मुख्य तरिकाले यस कारणबाट चिन्तित छन् कि चीन आवश्यक आर्थिक तथा राजनीतिक सुधारलाई लागू गर्ने पक्षमा छैन। यसको विपरित, शी जिनफिङले २०१२ मा कम्युनिस्ट पार्टीमा नियन्त्रण हाँसिल गरेपछि पार्टीले चिनियाँ समाजको हरेक पक्षमा प्रभुत्व बढाएको छ । 

धनीहरुको गुम्दै विश्वास 

एक ताजा सर्वेक्षणका अनुसार, चीनको केवल एक तिहाई धनीहरु मात्रै भन्छन् कि उनीहरु चीनको आर्थिक परिदृश्यलाई लिएर एकदमै आशावादी छन् । दुई वर्ष पहिले करिब दुई तिहाई चिनियाँहरुले भनेका थिए कि उनीहरुलाई चीनको अर्थ व्यवस्थाप्रति विश्वास छैन। पूर्ण रुपमा विश्वास गुमाईसकेका मानिसहरुको संख्या समेत २०१८ को तुलनामा दुई गुणा बढी छ । अब करिब १४ प्रतिशत मात्रै यस श्रेणीमा पर्दछन् । करिब आधा मानिसले भनेका छन् कि उनीहरु कुनै दोस्रो देशमा जाने तयारी गरिरहेका छन् । कतिले त त्यसको तयारी समेत सुरु गरिसकेको बताएका छन् । 

इन्भेस्टमेन्ट फर्म प्रिमावेरा क्यापिटल ग्रुपका फाउण्डर फ्रेड हू भन्छन्, 'चीनले बहुत रुपले आन्तरिक तथा बाहिरी चुनौतीहरुको सामना गरिरहेको छ । हामी यो महसुस गरिरहेका छौं कि कुनै विशेष चिनियाँ विकास मोडलका कारण पछिल्लो ४० वर्षमा चीनको विकास भएको होइन। यो त यहाँका उद्यमीहरुको परिश्रमको फल मात्रै हो।' 

आर्थिक मुद्दामा कुरा गर्नु पनि खतरनाक 

न्यू योर्क टाइम्सको रिपोर्टमा भनिएको छ कि हूको कमेन्ट कूटनीतिक छ । निजी बातचीतमा कोही कारोबारी एकदमै रिसाहा रुपमा बोल्दछन् र उनीहरुमा डरको भावना देखिन्छ । उनीहरु गोपनीयताको बचाउ गर्दछन् । किनकी चीनका यस माहोलमा आर्थिक मुद्दामा कुरा गर्नुले पनि खतरनाक स्थिति सिर्जना गर्न सक्छ । धेरै व्यापारीहरु यस स्थितिका दोष खराब नीति र नेतृत्वलाई दिन्छन्। 

२८ सालमा सबैभन्दा खराब स्थिति

चीनको आर्थिक विकास दर २०१८मा ६ दशमलव ६ प्रतिशत रहेको छ । जुन पछिल्लो २८ वर्षको नै सबैभन्दा कम हो । अन्तरराष्ट्रिय मुद्राकोषले भनेको छ कि कि २०१९ मा तथा  २०२० मा चीनको अर्थव्यवस्थाको वृद्धि दर ६ दशमलव २ प्रतिशत रहने अनुमान गरिएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ