arrow

माविका लागि शिक्षक सेवा खुल्यो, पाँचै विकास क्षेत्रमा ६ सय ११ सिट (विज्ञापनसहित)

logo
प्रकाशित २०७२ फागुन ३० आइतबार
teachers-assoiation.jpg.jpeg
काठमाडौं । माध्यमिक तह शिक्षक पदपुर्तिका लागि आवेदन खुलेको छ । शिक्षक सेवा आयोगको शनिवार बसेको बैठकले पाँचै विकास क्षेत्रमा ६ सय ११ पदका लागि आवेदन खुला गरेको हो । (विज्ञापनका लागि क्लिक गर्नुस्)
 
शिक्षा विभागबाट प्राप्त दरबन्दीका आधारमा २०६३ बैशाख १० पछि रिक्त रहेका माध्यामिक तहका शिक्षक दरबन्दीमा स्थायी पदपूर्तिका लागि विज्ञापन खुला गरेको आयोगले जनाएको छ । विभिन्न १४ विषय मध्ये सबै भन्दा धेरै विज्ञानका लागि १ सय ५० पदका लागि आवेदन खुलेको छ । यसैगरी अंग्रेजीका लागि १ सय २८, नेपालीका लागि १ सय ७ सामाजिकका लागि ९३ र गणितका लागि ८७ पदको आवेदन आह्वान भएको छ । 
 
यसैगरी, लेखामा २०, स्वास्थ्य तथा जनसंख्यामा ६, संस्कृत साहित्य र कम्प्युटर विज्ञानमा ३–३ पदका लागि विज्ञापन भएको छ । शिक्षा र संस्कृत भाषाका लागि २–२ तथा कृषि र वेदका लागि ११ पदमा आवेदन खुलेको छ । 
 
विज्ञापन प्रकाशित भएको ३० दिन भित्र आवेदन दिइसक्नु पर्ने छ । आइतबार फागुन ३० गते औपचारिक सूचना जारी हुने भएकोले सोही दिन देखि गणना गरिने छ । जस अनुसार फारम भर्ने म्याद चैत २९ गते सम्मका लागि तोकिएको छ, भने थप दस्तुर तिरेर बैशाख ६ गते सम्म फारम भर्न सकिने आयोगले जनाएको छ ।
 
पाँचै क्षेत्रीय कार्यालय सहित हरेक क्षेत्रमा थप एक जिल्ला शिक्षा कार्यालयमा फारम भर्न पाईने ब्यवस्था गरिएको आयोगका प्रवक्ता सुदर्शन मरहठ्ठाले जानकारी दिए । पूर्वाञ्जलमा जिल्ला शिक्षा कार्यालय मोरङ्, मध्यमाञ्चलमा ललितपुर, पश्चिमाञ्चलमा रुपन्देही, मध्य पश्चिममा दाङ र सुदुर पश्चिममा कैलाली जिल्ला शिक्षा कार्यालयमा फारम भर्न पाईने ब्यवस्था मिलाइएको प्रवक्ता मरहठ्ठाले बताए । आयोगले शुक्रबार मात्रै नयाँ पाठ्यक्रम लागु गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ