arrow

मलेठ घटनाका शहीदको सम्मानमा बिहीबार बिदा

logo
प्रकाशित २०७५ फागुन २३ बिहिबार
Rajbiraj_Nagarpalika.png

सप्तरी । सप्तरीको मलेठ घटनामा शहीद हुनेहरुको सम्मानमा राजविराज नगरपालिकाले बिहीबार सार्वजनिक बिदा दिने भएको छ ।

राजविराज नगरप्रमुख शम्भुप्रसाद यादवको अध्यक्षतामा बुधबार बसेको नगर कार्यसमितिको बैठकले शहीदको सम्मानमा बिदा दिने निर्णय गरेको हो । 

तत्कालीन संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा, सप्तरीको आह्वानमा तत्कालीन नेकपा (एमाले)को मेची महाकाली अभियान बिथोल्न उत्रिएका प्रदर्शनकारीसँग २०७३ साल फागुन २३ गते मलेठमा भएको झडपमा सुरक्षाकर्मीको गोलीबाट ज्यान गुमाएका पाँच जना शहीदको स्मृति एवं सम्मानमा नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको हो । 

नगरपालिकाले विज्ञप्ति जारी गरी शहीदको सम्झनामा दिइएको सार्वजनिक बिदाको निर्णयमा सहयोग गर्न मातहतका सम्पूर्ण कार्यालय र शिक्षण सङ्घसंस्थालाई अनुरोध गरेको छ । 

मलेठ घटनाको दुई वर्ष पूरा भएको दिन शहीदको सम्मानमा हुने स्मृति सभालाई प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतका साथै मधेश केन्द्रित दलका शीर्षनेताले सम्बोधन गर्ने कार्यक्रम रहेको राजपा–फोरमको संयुक्त समितिले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ