arrow

मधेसी मोर्चालाई गाली गर्दै, राष्ट्रिय सहमतिको सरकारका पक्षमा गच्छदार

logo
प्रकाशित २०७२ फागुन ३० आइतबार
Gachhadar.jpg.jpeg
विराटनगर। उपप्रधानमन्त्री विजयकुमार गच्छदारले जारी संविधानको कार्यान्वयन र आर्थिक विकासका लागि राष्ट्रिय सहमतिको सरकार आवश्यक भएको बताएका छन्  । विराटनगर विमानस्थलमा आज पत्रकारसँग कुराकानी गर्दै गच्छदारले यही सरकारको नेतृत्वमा राष्ट्रिय सहमति हुनुपर्नेमा जोड दिँदै वर्तमान सरकार अहिले परिवर्तन नहुने बताए । 
 
भौतिक पूर्वाधार तथा यातायातमन्त्री गच्छदारले सरकार परिवर्तन गर्नुभन्दा मुलुकको राजनीतिक समस्या समाधान गरी स्थानीय निकायको निर्वाचनतर्फ केन्द्रित हुनुपर्ने विषयमा जोड दिए । गच्छदारले सीमाङ्कनका समस्या समाधानका लागि नेपाली काँग्रेसलगायत ठूला दलहरुबीच सहमति आवश्यक रहेको धारणा राखे । 
 
उपप्रधानमन्त्री गच्छदारले भने, “लोकतान्त्रिक पद्धतिमा विरोध वा आन्दोलन गर्नु स्वभाविक भएपनि बन्द हड्ताल गरेर जनतालाई दुःख दिनु हुँदैन् ।” नेपाली काँग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवाले प्रतिपक्षमा बस्ने विषय सार्वजनिक गरेको सन्दर्भमा पत्रकारको जिज्ञासामा गच्छदारले भने, “यो राम्रो कुरा हो, तराई–मधेसलगायतका समस्या समाधानका लागि रचनात्मक सहयोग गर्नुपर्छ ।”  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ