- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
कञ्चनपुर। कञ्चनपुरको धार्मिक क्षेत्रका रुपमा प्रख्यात भम्केनी धाममा नेपाल आमाको मुर्तिको शिलान्यास गरिएको छ। कञ्चनपुरको भम्केनी धाममा शुक्रबार नेपालकै सबैभन्दा अग्लो ७५ फिटको नेपाल आमाको मुर्तिको शिलान्यास भएको हो। मुर्तिको सुदुर पश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले गरेका छन्।
कञ्चनपुरलाई र्धामिक तथा पर्यटकीय रुपमा प्रचार प्रसार गर्न जगद्रु बालसन्त मोहनशरण देवाचार्य महाराजले पहल गरेका थिए। उनले २०७२ सालमा आरम्भ गरेको महाकाली मेची यात्राम हरेक नेपालीबाट एक रुपैँयाका दरले रकम संकलन गरी मुर्ति स्थापनाका लागि पहल गरेका थिए।
नेपाल आमाको मुर्ति निर्माणका लागि तामा, पितल, कासा, सुन, चाँदी लगायतका अष्ठधातुहरु संकलन गरिएको छ। अष्ठधातुको मुर्ति निर्माण कार्यको शिलान्यास गर्दै मुख्यमन्त्री भट्टले मुर्ति निर्माण पश्चात ससदूरपश्चिमको धार्मिक तथा पर्यटकीय क्षेत्रको विकासमा सहयोग हुने बताए। उनले अहिले गाईलाई छोडे् चलन बढेको बताउदै त्यसको व्यवस्थापनका लागि आफूहरुले सबै स्थानीय तहसँग बैठक बसेर निकास निकाल्ने समेत बताए।
भम्केनीमा नेपाल आमाको मुर्ति निर्माण भएपछि यस क्षेत्रको धार्मिक पर्यटनको विकासमा टेवा पुग्ने आशा गरिएको छ। मुर्ति निर्माणमा २५ देखि ३० टन अष्ठधातु प्रयोग हुने जनाइएको छ। मुर्ति निर्माणका लागि भ्याली कस्ष्ट्रसन प्रालिले १० करोड ८१ लाख रुपैया लागतमा ठेक्का लिएको बताउदै अध्यक्ष राववले समितिसंग दुई करोड मौजुदा र भीमदत्त नगरपालिकाले एक करोड रकम दिने घोषणा गरेको बताए।
अष्टधातुबाट बनाईने नेपाल आमाको मुर्ति निर्माणका लागि ३० टन तामा आवश्यक पर्ने र अहिले २२ टन मात्रै तामा रहेको छ। उक्त कञ्चनपुर। कञ्चनपुरको धार्मिक क्षेत्रका रुपमा प्रख्यात भम्केनी धाममा नेपाल आमाको मुर्तिको शिलान्यास गरिएको छ। कञ्चनपुरको भम्केनी धाममा शुक्रबार नेपालकै सबैभन्दा अग्लो ७५ फिटको नेपाल आमाको मुर्तिको शिलान्यास भएको हो। मुर्तिको सुदुर पश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले गरेका छन्। साढे तीन बर्षमा मुर्ति निर्माण हुनेछ। तर निर्माण कम्पनीले भने २ बर्ष ९ महिनामा मुर्ति निर्माण गरिसक्ने योजना बनाएको छ। मुर्ति निर्माणका लागि विभिन्न प्रकृतिका १२ हजार श्रमिक लाग्नेछन्। उनका अनुसार तीन रोपनी जमिन क्षेत्रफलमा मूर्ति बनाईने छ। मुर्तिको दायाबाँया गाई र बागको मुर्ति, नेपालको नक्सा, नेपालका राष्ट्रिय प्रतिक चिन्ह र नेपालको सबै तिर्थाटनको प्रतिनिधित्व हुने संग्राहलय निर्माण गरिने छ।
धार्मिक पर्यटकिय सम्भावना बोकेको भम्केनी ओझेलमा परेकोले विकासका लागि अनुष्ठान आयोजना गरिएको बताए। परापुर्वकालिन समयमा यहाँ भकभक गरेर पानी निस्कन्थ्यो, उनले भने, त्यसबाटै यसको नाम भम्केनी रहेको हो।’ किम्बदन्ती अनुसार भम्केनीमा ६ कुण्ड थिए, जसमध्ये ५ पाण्डप र १ द्रोपतिको कुण्ड थियो।
भिमले १ द्रोपतिका लागि नुहाउन कुण्ड बनाएको बताउदै संयोजक ऐरले अहिले पनि भम्केनीमा पौराणिक ६ कुण्ड रहेका छन्। जसबाट स्थानीयले पानी पिउने गरेका छन्। भम्केनीलाई विकसित गराएर बाह्य देशका पर्यटक ल्याउन सके यस क्षेत्रको आर्थिक विकास हुने स्थानीय युवा जनक जोशीको भनाई छ।
पुर्णागिरीमा लाग्ने मेलामा आउने धर्मालम्बीलाई ब्रम्हदेब भम्केनी बिष्णू धाम हुँदै गोदाबरसम्म ल्याउन सकिने उनले बताए। भम्केनी धार्मिक अध्ययन, अनुसन्धानको केन्द्र बन्नसक्छ, उनले भने, यसको विकासमा लगानी गर्नुपर्छ।’ प्राचिन धार्मिक पर्यटकिय क्षेत्रको विकास गर्न सके आर्थिक विकास हुने उनले आशा व्यक्त गरे। भम्केनीको विकासका लागि समेत स्थानीय जागेका छन्।