arrow

'सेक्स क्रान्ति'को कारक पेन्सिलिन!

logo
प्रकाशित २०७२ फागुन ३० आइतबार
penicillin_ml_141107_16x9_992.jpg.jpeg
काठमाडौं। विश्वमा सेक्स क्रान्तिको कारक मानिएको गर्भ निरोधक औषधि नभएको एक अध्ययनले खुलासा गरेको छ। सो अध्ययनले गर्भ निरोधक औषधि सेक्स क्रान्तिको कारक नभएको प्रमाणित समेत गरेको छ। सेक्समा उदारपनको शुरुवात सन १९६० बाट शुरु भएको मानिन्छ। यो उदारपनको कारण गर्भ निरोधक औषधी नभई पेन्सिलिन नामक औषधी भएको दावी सो अध्य्यनले गरेको छ।सन १९५०मा पेन्सिलिनको खोजी गरिए पछि पश्चिमा राष्ट्रहरुमा यौन सम्बन्ध बारे देखिएको हिचकिच्हाट कम हुँदै गएको उक्त अध्यनले देखाएको छ।
 
अमेरिकाको एटलांन्टा स्थित एमरोय विश्वबिध्यालयका अर्थशास्त्री एन्ड्रयु फ्रान्सिसले जानकारी दिंदै भने ' सामान्य अवस्थामा गर्भ निरोधक औषधीहरुले यौन ब्यवहारमा खुलापन आएको भनिए पनि पेन्सिलिनका कारण यौन व्यवहारले ठुलो छलाङ लगाएको विश्वासिलो कारणहरु पत्ता लागेको छ।'
 
पेन्सिलिनको खोजी १९२८ मा भएको हो र १९४१मा मात्र चिकित्सकहरुले यो प्रयोगमा ल्याउने अनुमती पाएका थिए। दोस्रो विश्व युद्ध भन्दा अगाडी पेन्सिलिनको त्यती धेरै मात्रामा प्रयोग हुँदैन थियो तर दोस्रो विश्व युद्धताका अमेरिकी सैनिकहरुमा भिरङ्गीको संक्रमण अत्यधिक देखिन थालेपछि पेन्सिलिनको प्रयोगले भिरङ्गी धेरै हदसम्म नियन्त्रणमा आएको थियो।
 
दोस्रो विश्व युद्ध पछि अमेरिकामा भिरङ्गीको उपचारमा पेन्सिलिनको प्रयोग हुन थाल्यो जसको नतिजा सन् १९४७-१९५७ को बिचमा अमेरिकामा भिरङ्गीको संक्रमण ९५% सम्म कम भयो। यसरी ज्यानलिने भिरङ्गिको उपचार सम्भव भए पछि मानिसहरुमा भएको यौन चहानामा पनि बृद्दि हँदै गयो र यो क्रम यौन उदारिकरणसम्म पुग्यो।
 
पेन्सिलसिनको खोज भन्दा अगाडी मानिसहरु भिरङ्गीको डरले पनि सेक्स ईच्छालाई दवाएर राख्थे तर पेन्सिलिनले उपचार संभव भए पछि दवेर रहेको सेक्सप्रतिको लगाव बढ्दै जाँदा बिस्तारै सन १९६० पछि सेक्स क्रान्तिमा रुपमा परिणत भएको उक्त अध्यनले देखाएको छ। (बिबिसी) (एंड्रयु फरान्सिसको यो रिपोर्ट आर्काइभ अफ सेक्सुअल विहेवियरमा प्रकाशित भएको छ)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ