arrow

सात पत्रकारसहित महिला संयोजक सम्मानित

logo
प्रकाशित २०७५ फागुन २६ आइतबार
dotel.jpg

पाल्पा । १०९ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा रामपुर नगरपालिकाले पाल्पामा एक दशक बढी देखि सक्रिय रुपमा पत्रकारिता गर्दै आएकी हाम्राकुरा डटकमका संवाददाता, पत्रकार सीता डोटेलसहित सात पत्रकारलाई सम्मान गरिएको छ । पत्रकारिताको माध्यमबाट निरन्तर रूपमा समाज विकास र खवरदारी मार्फत समाजमा चेतना फैलाउन सक्रिय भएको भन्दै कदर स्वरुप महिला दिवसको अबसरमा डोटेल सहितका पत्रकार महिलालाई सम्मान गरेको नगरपालिकाले जनाएको छ ।

महिला तथा बालबालिका शाखा रामपुर नगरपालिकाले महिला दिवसको अबसर पारेर गरेको कार्यक्रममा पत्रकार सीता डोटेल सहित राससका शुसिला रेग्मी, सिर्जना घिमिरे, मेचिकाली दैनिकका बन्दना पोखरेल, रेडियो रामपुरका रमा भण्डारी, रेडियो पाल्पाका कल्पना सोमै र मुना आलेलाई सम्मान पत्र सहित सम्मान गरेको हो । रेडियो रामपुरमा केही समय काम गरेकी हलिमा खातुनलाई पनि सम्मान गरिएको छ ।

सोही अवसरमा महिलाको क्षेत्रमा योगदान पुर्याउने अगुवा महिलाहरुलाई पनि सम्मान गरिएको छ । २०६५ देखि ०७१ सालसम्ममा गाउँ उत्थान समन्वय समितिको संयोजक भएर काम गरेका शारदा आचार्य, सरस्वति अधिकारी, धनकुमारी चापागाई, दुर्गादेवी राना, विष्णुमाया अर्याल, रमादेवी अर्याल भण्डारी, दुर्गादेवी भण्डारी, डिलमाया उपाध्याय, बिमला थापा क्षेत्री, नरमाया अर्याललाई सम्मान गरिएको छ । त्यस्तै स्वर्गिय परमेश्वरी घिमिरेलाई मरणोपरान्त सम्मान गरिएको छ ।

सम्मान गर्दै प्रदेश नं ५ का प्रदेश सभा सदस्य रमा घर्तीले संविधानमा महिलाको अधिकारका बारेमा प्रष्ट लेखिएको बताउँदै सबै महिलालाई समेट्ने गरि कार्यान्वयनमा जानुपर्ने  बताइन्। महिलाले चाहेमा गर्न नसक्ने केही नभएको बताउँदै आर्थिक रुपमा सवल बन्न आयआर्जनमा लाग्नुपर्ने भएका स्थानीय तहसँगै प्रदेश सरकारले यसलाई प्राथमिकतामा राख्ने बताइन्। हामी महिलाका मुद्धालाई लिएर बहसमा अडिक छौं घर्तीले भनिन्। महिलामैत्री समाजका लागि हामी प्रतिवद्ध भएर लाग्नेछौं ।

 कार्यक्रममा नेपाल महिला संघका क्षेत्रिय सभापति एवं नेपाली कांग्रेसका महासमिति सदस्य विष्णुमायाँ ढकालले महिलाहरुले अधिकार प्राप्त गरे पनि निर्णायक तहमा अझै पुग्न नसकेको भन्दै यसका लागि आवाज उठाउनु पर्ने बताइन्।

अखिल नेपाल महिला संघ क्षेत्रीय अध्यक्ष राधिका भण्डारी, नेपाल महिला संघ रामपुरका सभापति शारदा आचार्य, अखिल नेपाल महिला संघ रामपुरका अध्यक्ष दुर्गादेवी राना, कार्यपालिका सदस्य दुर्गादेवी भण्डारी, रामपुर नगरपालिका ३ का वडाअध्यक्ष दिनेशकुमार खनाल, सम्मानित पत्रकार सीता डोटेल, सम्मानित तत्कालिन महिला समन्वय समिति रामपुरका अध्यक्ष रमा भण्डारी, सुआहारा कार्यक्रमका फिल्ड सुपरभाइजर सन्जु परियार लगायतले महिला दिवस सन्दर्भ र महिलाका अबस्थाका बारेमा बोल्दै महिलाले अबसर सँगै क्षमतावान बन्न आग्रह गरेका थिए ।

रामपुर नगरपालिकाका कार्यबाहक प्रमुख तिर्थप्रसाद पंगेनीको अध्यक्षता कार्यपालिका सदस्य बालकुमारी थापाको स्वागत तथा न्यायपालिका सदस्य पार्वती परियारले धन्यवाद दिएको कार्यक्रम महिला, बालबालिका तथा समाज कल्याण शाखाका सहायक महिला विकास निरिक्षक तथा कार्यक्रम संयोजक पुजा परियारले सञ्चालन गरेकी थिइन् । कार्यक्रम अघि व्यानर, प्लेकार्ड सहित सहभागी र्‍यालीले बेझाँड बजार परिक्रमा गरि कार्यक्रममा परिणत भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ