arrow

यस्तो छ जाउँ हिड पोखराको ट्रेलर

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
1811993252.jpeg
काठमाडौ । थुप्रै ब्यावसायिक फिल्मको निर्माण र निर्देशन गरिसकेका शोभित बस्नेतले निर्देशन गरेको प्रतिक्षित फिल्म ‘जाउँ हिँड पोखरा’ को नयाँ ट्रेलर रिलिज भएको छ । मंसीर ११ गतेबाट रिलिज हुन लागेको फिल्मले प्रचारप्रसारलाई थप बल पु¥याउन नयाँ ट्रेलर रिलिज गरेको निर्देशन बस्नेतले बताए । ट्रेलरमा फिल्मका मुख्य कलाकार अभिनेत्री रेखा थापा र जिवन लुईटेलको एक्सन लगायतका दृश्य देखाइएको छ ।

‘दर्शकको चाहना अनुसारको फिल्म बनाएकोले चल्छ भन्नेमा ढुक्क छु’ निर्देशक बस्नेतले भने ‘यो फिल्ममा स्टार कलाकारको अनुहारले गर्दा पनि दर्शक आउनेमा विश्वस्त छु ।’ सलोन फिल्मस्को ब्यानरमा सलिना बस्नेतको प्रस्तुति रहेको फिल्मका निर्माता राम गौतम हुन् भने कार्यकारी निर्माता गणेश ढकाल रहेका छन् ।

फिल्ममा जीवन लुइटेल, रेखा थापा, सम्राट सापकोटा, आरुष गुरुङ, जीके शर्माको साथमा निर्देशक बस्नेतको समेत मुख्य भुमिकामा अभिनय रहेको छ । राजेन्द्र खड्गीको द्वन्द्व, ध्रुव लम्सालको पटकथा तथा गणेशकुमार श्रेष्ठको छायांकन रहेको फिल्ममा संगित अमित श्रेष्ठको छ । फिल्ममा शंकर बिसी, शोभित बस्नेत र रामजी लामिछानेको नृत्य निर्देशन रहेको छ । चलचित्र देशभर ८० भन्दा बढी पर्दाबाट प्रदर्शनमा आउने निर्देशक शोभितले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ