arrow

आविष्कार मात्र थाहा भएका गुमनाम महिला वैज्ञानिकहरु

logo
प्रकाशित २०७५ फागुन २६ आइतबार
international_women_science_day_resize_md.jpg

काठमाडौं । विश्वका प्रमुख वैज्ञानिकहरु थोमस एडिसन, एलेग्जेन्डर ग्राहम बेल, निकोला टेस्ला, अल्बर्ट आइस्टाइन लगायतका वैज्ञानिकहरुको नाम धेरैलाई थाहा हुन्छ । उनीहरुको विषयमा धेरै ठाउमा उल्लेख गरिएको हुन्छ । यस्तोमा धेरैजसो आविष्कारकहरु पुरुष छन् । जसको कारण पनि महिला आविष्कारको विषयमा धेरैलाई थाहा नभएको पनि हुनसक्छ ।
 
नैन्सी जोनसोन : आइसक्रिम बनाउने मेसिन
एक महत्वपूर्ण आविष्कारको कुरा गर्दा आउने नाम हो – नैन्सी जोनसोन । उनले हातले चल्ने आइसक्रिम मेसिन बनाएकी थिइन् । सन् १८४३ मा बनाइएको यो आविष्कारको प्रयोग अहिले पनि व्यापक मात्रामा हुने गरेको छ ।
 


म्याडम क्युरी : रेडियोधर्मिताको सिद्धान्त
म्याडम क्युरीले रेडियोधर्मी किरणहरुको विषयमा महत्वपूर्ण खोज गरेकी थिइन् । जसका लागि उनले नोबेल पुरस्कार पनि पाएकी थिइन् । त्यसका साथै उनको पोलोनियम र रेडियमको खोजका लागि दोसो नोबेल पुरस्कार पाएकी थिइन् । दुईपटक नोबोल पुस्कार जित्ने उनी पहिलो महिला हुन् ।

मारिया टेलकेस : थर्मोइलेक्ट्रिक पावर जेनेरेटर
१९४७ मा यी हंगेरियन महिलाले घरहरु न्यायो राख्नका लागि थर्मोइलेक्ट्रिक पावर जेनेरेटर बनाएकी थिइन् । जसको माध्यमबाट सूर्यबाट आएको प्रकाशको आधारमा विद्युत् निकाल्न सकिन्छ ।
 
एन सुकामोतो : स्टेम सेल अलगाव
यो निकै कठिन तथा महत्वपूर्ण आविष्कार मानिएको छ । क्यान्सरको विषयमा धेरै जान्नका लागि स्टेम सेललाई अलग–अलग गर्ने क्षमता महत्वपूर्ण रहँदै आएको छ । यो उपाय क्यान्सर तथा अन्य केही बिरामीहरुको उपचारका लागि महत्वपूर्ण बन्नसक्ने बताइएको छ ।
 
ग्रेस हूपर : कम्प्युटर
हूपरले सन् १९४४ मा हार्वर्ड को मार्क आई कम्प्युटर, पाँत टन, एक कोठाको आकारको मेसिनको डिजाइन गरेकी थिइन् । उनले कम्पाइलरको आविष्कार गरेकी थिइन्, जसले लिखित भाषालाई कम्प्युटरको कोडमा अनुवादित गर्ने गथ्र्यो । आधुनिक कम्प्युटरको विकासमा उनको आविष्कार निकै महत्वपूर्ण मानिन्छ ।

 
रेसलिन्ड फ्र्यांकलिन : डीएनए डबल हेलिक्स
डीएनए डबल हेलिक्सको खोजको श्रेय अक्सर वाटसन र फांसिस क्रिकलाई दिने गरिन्छ । उनीहरुले १९६२ मा शरीर विज्ञानको लागि नोबेल पुरस्कार पनि पाएका थिए । यद्यपि यसको वास्तविक खोज भने रोसलिन्ड फ्र्यांकलिनले गरेको मानिन्छ । उनले गरेको आविष्कार वाटसन र क्रिकको चोरेको बताइने गरिएको छ ।
 
स्टेफनी कोवलेक: केवलर
सन् १९६४ मा स्टेफनी कोवलेकले केवलरको आविष्कार गरेकी थिइन् । यसको उपयोग साइकलको टायर, रेसिङ सेल, फ्राइङ पेन, संगीत वाद्ययन्त्र, बुलेटप्रुफ भेस्टलगायतका धेरै उत्पादनहरुमा प्रयोग गर्ने गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ