arrow

लोकेसन ट्रयाकिङ सिष्टम सहितको मेट्रो बस सञ्चालनमा

logo
प्रकाशित २०७२ फागुन ३० आइतबार
location.jpg.jpeg
काठमाडौं।  उपत्यकामा आइतबार देखि सुविधासम्पन्न लोकेसन ट्रयाकिङ सिष्टम सहितको मेट्रो बस सञ्चालनमा आएको छ ।  व्यवसायीहरुले लोकेसन ट्रयाकिङ सिष्टम सहित मोबाइल एप्स पनि आजैबाट संचालनमा ल्याउने जनाए ।  मोबाइल एप्सबाट  यात्रुहरुले आफू बसेको स्थानबाट नजिकैको दुरीमा रहेको बस र यात्रुको संख्याबारे जानकारी पाउनेछन् । बस चढ्नका लागि कुर्न नपर्ने र एप्स हेरेर बस आउने समय पत्ता लगाएर बस स्टपमा जान सकिने महानगर यातायात प्रालिले जनाएको छ। बसमा उपलब्ध निशुल्क वाइफाइ तथा  टेलिभिजनको सुविधा छ ।
 
१६ करोडको लगानीमा महानगर यातायात प्रालिले ३९ वटा बस आजदेखि संचालनमा ल्याएको हो। काठमाडौंको बनस्थलीमा आज एक विशेष कार्यक्रम गरी बस संचालनको सुरवात गरिएको छ।  बसले चक्रपथ परिक्रमा गर्नेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ