arrow

किन महत्वपूर्ण छ पाकिस्तानको एफ–१६ को मुद्दा ? 

logo
प्रकाशित २०७५ फागुन २६ आइतबार
pakistan1.png

काठमाडौं। सधैं अशान्त रहने जम्मू कश्मीरमा गत फेब्रुअरी १४ मा भारतीय सुरक्षाकर्मी सवार बसमा आक्रमण भयो। पुलावामामा भएको यो आक्रमणमा ४७ जना भारतीय सुरक्षाकर्मी मारिए। यो आक्रमणको जिम्मा जैश–ए–मोहम्मद नामक आतंकवादी संगठनले लियो। यो संगठन पाकिस्तानमा लुक्ने गरेको भन्दै भारतले पाकिस्तानलाई निशाना बनायो। त्यसपछि भारत र पाकिस्तानको सम्बन्ध चिसिन पुग्यो। 

पाकिस्तानले यो घटनामा आफ्नो कुनै हात नरहेको बताउँदै आएको छ भने भारतले पाकिस्तानले आतंकवादी संगठनलाई सहयोग गर्दै आएको बताएको छ। यसै आरोप–प्रत्यारोपको बीचमा दुई मुलुकका विमानहरुले सीमा पार गर्दै अर्को मुलुकमा प्रवेश गरेका समाचारहरु आइरहेका छन्। यसै क्रममा भारतले पाकिस्तानको बालकोटमा आक्रमण गरेको र ठूलो संख्यामा आतंकवादी मारिएको दाबी गर्‍यो। पाकिस्तानले त्यसलाई अस्वीकार गर्‍यो। 

त्यस्तै भारतको मिग–२१ विमान पाकिस्तानले खसाल्यो र विमानका पाइलट पक्राउ परे । पाकिस्तानले उक्त पाइलटलाई पाकिस्तानले भारतलाई फिर्ता गर्‍यो। यससँगै यो तनाव केही कम भएको छ तर यससँग जोडिएका केही घटना रहस्यको क्रममा छन् भने यसलाई लिएर अन्तर्राष्ट्रिय समुदायको पनि चासो बढेको छ।

पुलवामामा भएको आतंकवादी हमला पश्चात् भारतले पाकिस्तानको सिमानामा प्रवेश गरी जैश ए मोहम्मदको क्याम्पमा ठूलो क्षति पुर्‍याएको थियो। त्यसकै प्रतिकारस्वरुप पाकिस्तानले पनि लाइन अफ कन्ट्रोल पार गरी भारतीय हवाई क्षेत्रकोमा २४ वटा लडाकु विमान प्रवेश गरेको भारतको दाबी छ। त्यही हवाई मुडभेडमा पाकिस्तानको एफ–१६ अत्याधुनिक विमानलाई भारतको पुरानो मोडेलको मिग–२१ले खसालेको दाबी गरेको हो । उक्त एफ–१६ विमान अमेरिकी हो भने मिग–२१ रुसी विमान हो।

सो घटनापछि भारत र पाकिस्तानको युद्ध जस्तो अवस्था केही कम भएको देखिए पनि अब यो विषय अन्तर्राष्ट्रियस्तरमा बहस शुरु हुन थालेको छ। किनकि यदि भारतको दाबी सही भएको खण्डमा अन्तराष्ट्रिय हतियार व्यवसायी अमेरीका, रसिया, फ्रान्च तथा चीन बीच ठूलो प्रतिश्पर्धा हुने देखिन्छ। त्यसैले अमेरिका लगायतका धेरै मुलुकहरुलाई यो विषयमा चासो देखिएको छ। पाकिस्तानले भने भारतको यो आरोपको खण्डन गरेको छ। 

एफ–१६ मा अमेरिकाको चासो 

एफ–१६ विमान पाकिस्तानलाई अमेरिकाले बिक्री गरेको हो। यो विमानमा केही न केही मात्रामा अमेरिकाको प्रतिष्ठा जोडिएको छ। उसले आफ्नो यो विमान निकै क्षमतावान् रहेको दाबी गर्दै आएको छ। यदि भारतले अन्य रुसी विमानबाट यसलाई खसालेको प्रमाण पाइए त्यो अमेरिकालाई धक्का हुनेछ। यो विमान पनि कुनै ठूलो जाखिम आइपरेमा त्यसको रक्षाको लागि प्रयोग गर्नुपर्ने शर्त अमेरिकाले राखेको थियो। यस्तोमा भारतको दाबी अनुसारको पाकिस्तानको सो प्रयोग सम्झौता विपरीत गरेको बताउँदै आएको छ। यसबारे अमेरिकाले पाकिस्तानसँग एफ–१६ बारे आफ्नो जवाफ मागेको छ।

भारतको एफ–१६ खसालेको पुष्टि भए अमेरिकाको सो मोडलको विमानमाथि पनि प्रश्न चिह्न खडा हुन सक्छ। यस विषयमा सचेत अमेरिकाले पाकिस्तानसँग जवाफ माग गरेको हो। अहिलेसम्म दुवै पक्षले यो विमान खसेको हो वा होइन भन्ने कुराको पुष्टि दिन सकेका छैनन् तर जहिले दिन्छन्, त्यतिबेला यो मुद्दा पक्कै पनि महत्वपूर्ण हुनेछ।

एफ–१६ विमानमा चासो किन ? 

पाकिस्तानको लागि एफ–१६ विमान अत्याधुनिक फाइटर विमान हो। पाकिस्तानको सैन्य विमानमा यो सबैभन्दा उच्च क्षमताको विमान हो। यदि यो विमान भारतले खसालेको खण्डमा यसले पाकिस्तान सैन्य क्षमताको हिसाबमा भारतभन्दा निकै पछाडि रहेको बुझ्न सकिन्छ। त्यसैले भारतका लागि पाकिस्तानको यो विमान खसाल्नु पनि निकै महत्वपूर्ण कुरा हो। 

पाकिस्तानलाई किन बेचिएको थियो एफ–१६ ?

अमेरिकासँग कुनै पनि सैन्य विमान खरिद गर्दा उसको आफ्नै किसिमको नियमको पालना गर्नुपर्छ। पाकिस्तानलाई विमान बिक्री गरिँदा यसलाई ‘अल कायदाको हवाई सेनालाई रोक्न र आतंकवादविरुद्धको लडाइँका लागि यो विमान प्रदान गरिएको उल्लेख थियो। यो सम्झौताको क्रममा आतंकवादविरुद्ध गरेर भारतविरुद्ध प्रयोग गर्न नपाइने पनि उल्लेख थियो। पाकिस्तानले भारतविरुद्ध नभई पाकिस्तानको पश्चिमी क्षेत्रमा आतंकवादविरुद्ध लड्न यो विमानको प्रयोग गरिने वाचा गरेको थियो।

पाकिस्तानको एफ–१६ विमानको असर के मा पर्नसक्छ ? 

यसैबीच भारतको सञ्चारमाध्यमले भारतको मिग–२१ बिसोनले पाकिस्तानको एफ–१६ विमान खसालेको दाबी गरेको छ। भारतीय सैन्य अधिकारीलाई उद्धृत गर्दै उक्त समाचारमा यो ठूलो उपलब्धि भएको उल्लेख गरिएको छ। समाचारमा पहिलोपटक तेस्रो पुस्ताको सैन्य विमानले आधुनिक विमान खसालेको उल्लेख छ। जसको कारण अमेरिकालाई एफ–१६ को व्यापारमा समस्या आउनसक्ने बताइएको छ। रुसको तेस्रो पुस्ताको विमानले अमेरिकाको आधुनिक विमान खसाल्नुले आगामी दिनमा अमेरिकी विमानमा अन्य मुलुकको चासो घट्नसक्ने विश्लेषकहरुले बताएका छन्।

अहिले भारत १ सय १४ फाइटर विमान खरिदको प्रक्रियामा छ। यसका लागि अमेरिका, फ्रान्स, स्वीडेन र रुसले इच्छा व्यक्त गरेका छन्। यसमा मिग–३५ मा पनि जोडिएको थियो। यसअघि भारतमा पनि मिग–३५ ले परीक्षण प्रदर्शन गरेको थियो। परीक्षणको क्रममा यसलाई अन्य कुनै विमानले चुनौति दिन नसक्ने दाबी गरिएको थियो। भारतलाई सो विमान २० प्रतिशतसम्म छुटमा दिन सकिने बताइएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ