arrow

१ सय १६ वर्षीया तनाका विश्वकै जेष्ठ महिला, सय बटा चक्लेट खाने रहर

logo
प्रकाशित २०७५ फागुन २७ सोमबार
tanka.jpg

काठमाडौं । जापानको फुकुओकाकी  केन तनाका विश्वको सबैभन्दा बढी उमेरकी जीवित महिलाको रुपमा दर्ता भएको छ । शनिवार एक समारोहमा गिनिज बुक अफ वर्ल्ड  रेकर्डले शनिवार उनलाई यो सम्मान दिएको हो ।

शनिवार उनको उमेर १ सय १६ वर्ष ६६ दिन पुगेको थियो । उनको जन्म सन् १९०३ जनवरी २ मा भएको थियो । उनी आफ्ना दाजुभाइ तथा दिदीबहिनीमा सातौं सन्तान हुन् । उनका चार सन्तान छन् । जबकी उनले एक धर्मपुत्र पनि पालेकी छिन् ।

सामान्यरुपमा अहिले बिहान ६ बजे उठ्ने गर्छिन् । अहिले पनि उनी गणितजस्ता विषयको अध्ययन गर्छिन् । उनलाई सो दिन कति चकलेट खान चाहनुहुन्छ भनी गरिएको प्रश्नमा उनले एक सय भन्ने जवाफ फर्काएकी थिइन् ।

यसअघि विश्वको सबैभन्दा जीवित व्यक्तिको कीर्तिमान अर्की जापानी महिला चियो मियाकोले पाएकी थिइन् । गत वर्षको जुलाई महिनामा उनले १ सय १७ वर्षमा निधन भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ