arrow

चाणक्य नीतिअनुसार निकै कमले मात्र पाउँछन् यस्तो सुख

logo
चाणक्य १,
प्रकाशित २०७५ फागुन २७ सोमबार
chanakya_niti.jpg

काठमाडौं । चाणक्य नीतिको दोस्रो अध्यायको दोस्रो श्लोकमा ६ किसिमको सुखबारे बताइएको छ । जुन सबैले पाउन सक्दैनन् । उनका अनुसार पूर्वजन्मको तप वा पुण्यको कारण केही मानिसहरुले ६ किसिमको सुख पाउँछन् । यसमा रति शक्ति, सुन्दर स्त्री र अन्य चार किसिमका सुख थिए ।

अक्सर राजा र अन्य कुलीन मानिसहरुले मात्र यस किसिमको सुख पाउने उनले उल्लेख गरेका छन् । यी सुख पाए पछि मानिसको सबै किसिमको इच्छा पूरा हुन्छन् ।

भोज्यं भोवजनशक्तिश्च रतिशक्तिर्वराङ्गना ।
विभावो दानशक्तिश्च नाल्पस्य तपसः फलम् ।।

यो श्लोकका अनुसार भोजन योग्य पदार्थ र भोजनको शक्ति, सुन्दर स्त्री र रतिको शक्ति, ऐश्वर्य र दान दिने शक्ति । यी ६ किसिमको सुख निकै कम मानिसले मात्र पाउँछन् ।

चाणक्यका अनुसार यस किसिमको सुख निकै ठूलो तपस्याको फल हो । यदि कुनै मानिसले ठूलो पुण्यको काम गरेको खण्डमा मात्र यस किसिमको सफलता पाउन सक्छन् ।

यी सबै कुरा हासिल भएपछि मानिसलाई अन्य सुखको कुनै इच्छा हुँदैन । यीमध्ये कुनै पनि मानिस हरेक हिसाबले सन्तुष्ट हुनसक्छन् । यसमा भोग र धर्म दुवैको फल प्राप्त हुन्छ । यसबाट मानिसलाई मोक्ष प्राप्ति हुन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ