arrow

रेलवे स्टेशनमा जागीर खुल्दै, मासिक अढाइ लाख तलब

logo
प्रकाशित २०७५ फागुन २८ मंगलबार
sweden-train.jpg

काठमाडौं । यदि कसैले रेलवे स्टेशनमा बत्ती बाल्ने र निभाउने कामका लागि प्रस्ताव गर्‍यो भने पक्कै पनि तलबको विषयमा सोच्नुपर्ने हुन्छ । किनकी सो कामका लागि निकै कम मात्र तलब पाउने सम्भावना हुन्छ ।  तर, कुनै रेल स्टेशनमा यस किसिमको कामका लागि २ लाख ५० हजारभन्दा बढी रकम आम्दानी हुन्छ ।

झट्ट सुन्दा विश्वास नलाग्न सक्छ तर सो सत्य हो । रेल स्टेशनमा काम आफ्नो समयमा बत्ती बाल्ने र निभाउने काम मात्र गरे पुग्छ । त्यसबीचमा उसलाई दिनभरी घुम्न जाने पनि छुट छ ।  सो कामका लागि एक महिनामा २ हजार २ सय ८० डलर मिल्छ । उक्त रोजगारी स्थायी हुन्छ र सेवा निवृतिपछि पेन्सन पनि पाइन्छ । कामको लागि कुनै किसिमको योग्यता हुनु जरुरी पनि छैन । यसका लागि विश्वभरका मानिसहरुले आवेदन दिन पनि सक्छन् ।

सन् २०२५ मा कामको लागि आवेदन प्रक्रिया शुरु हुनेछ र सफल उम्मेदवारलाई सन् २०२६ मा काममा राखिन्छ । त्यतिबेलासम्म उक्त रेल स्टेसन बनिसक्ने अनुमान छ ।
 
सो रेल स्टेशन स्वीडेनको गोथेनवर्गमा निर्माण भइरहेको छ । यसको नाम न्यू कोर्सकवागेन ट्रेन स्टेशन राखिएको छ । स्वीडेनको सरकारले गोथेनबर्गमा दुई नयाँ स्टेशन डिजाइनका लागि एक प्रतियोगिता आयोजना गरेको थियो। सो प्रतियोगिता साइमन गोल्डिन र जैकब सेनेबी नामका दुई कलाकारले जितेका थिए । सरकारबाट उनीहरुले उल्लेख्य रकम पुरस्कार पनि पाएका थिए ।

उनीहरुले सो स्टेशनका लागि कर्मचारीको माग गरेका हुन् । कर्मचारीलाई सोही पुरस्कारबाट तलब दिइने उल्लेख छ । उनीहरुका अनुसार पुरस्कारबाट आएको रकम यस्तो सोजनामा लगानी गरिनेछ कि त्यसबाट १ सय २० वर्षसम्म कर्मचारीलाई दिन पुग्ने तलब आउँछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ