arrow

लगानी सम्मेलन सफल पार्न सरकारले लगायो विप्लवमाथि प्रतिवन्ध 

logo
प्रकाशित २०७५ फागुन २९ बुधबार
biplav-prakanda.jpg

काठमाडौं । लगानी सम्मेलन सफल पार्न केपी शर्मा ओली नेतृत्वको सरकारले नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपालाई प्रतिवन्ध लगाएको खुलेको छ । 

उच्च स्रोतका अनुसार वैदेशिक लगानी भित्र्याउन आउँदो चैतमा लगानी सम्मेलन गर्दै गर्दा लगानी नभित्रने खतरा बढेपछि केही समयका लागि भन्दै विप्लवलाई प्रतिवन्ध लगाइएको हो । 

स्रोत भन्छ –एनसेल लगायतमा विप्लव समूहले बम विष्फोट गराउने तथा लगानीकर्ताहरुलाई डर धम्की देखाइरहने भएकाले त्यस्तो गतिविधि रोक्नका लागि सरकारले विप्लवमाथि प्रतिवन्ध लगाएको हो ।’

लगानी सम्मेलन सफल भएलगत्तै विप्लव समूहसंग वार्ता गरेर समस्या समाधान गरिने उच्च सरकारी स्रोतले बताएको छ । 

सरकारले यसअघिको सम्मेलनले मुलुकमा लगानीको वातावरण बनाउन सघाएको भन्दै चैत १५ र १६ गते मा काठमाडौंमा ‘नेपाल लगानी सम्मेलन’ गर्न लागेको हो ।

सरकारले लगानी सम्मेलनबारे पुस मध्यतिरै निर्णय गरेको थियो । मुलुकमा प्राकृतिक स्रोत र साधनहरु पर्याप्त भएपनि वैदेशिक लगानी तथा प्रविधि आवश्यक देखिएकाले लगानी सम्मेलन गर्नु परेको अर्थमन्त्री डा युवराज खतिवडाले बताउँदै आएका छन् । 

तर लगानी सम्मेलन नजिकिँदै गर्दा विप्लव समूहका हिंसात्मक घटना बढ्दै गएकाले असुरक्षित महसुस गर्दै सम्मलेनमा विदेशी टिमहरु नआउने सम्भावना बढेकाले त्यस्ता गतिविधि रोक्न सरकार लागेको हो । 

सम्मेलनमा विभिन्न मुलुकका सम्भावित लगानीकर्ता, अन्तर्राष्ट्रिय वित्तीय संस्थाका प्रतिनिधि, कूटनीतिक नियोग, विकास साझेदार, गैह्र आवासीय नेपाली संघ, निजी क्षेत्र, विषय विज्ञ, सञ्चार क्षेत्र तथा नेपाल सरकारका उच्च पदाधिकारीहरुको सहभागिता रहने जनाइएको छ । 

सुझबुझ कस्तो ? 
सरकारले विप्लव समूहबाट शान्ति चाहेको हो भने त्यसै अनुसार तत्काल वार्ता गरेर समाधान गर्ने नीति नबनाउनु दुःखद पक्ष हो । 

आखिर यो समूहसंग वार्ता गरेर समाधान गर्नैपर्नेछ । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ