arrow

'बिप्लव कम्युनिष्ट सरकारको लुटतन्त्र बिरुद्ध'

देश दलालहरु बाट बचाउनु पर्छ

logo
सुदिप बर्देवा,
प्रकाशित २०७५ फागुन २९ बुधबार
prachanda-and-biplav.jpg

पछिल्लो समय समाजिक संजाल र संचार माध्यममा सबै भन्दा बढि चर्चा कि विप्लब को छ, कि चाहिं सी के रावत को। राजनैतिक रुपमा भन्ने हो भने यी दुई, नेत्र बिक्रम चन्द (विप्लब) ले नेतृत्व गरेको नेकपा र सीके रावतको स्वतन्त्र मधेस गठबन्दनका बिच आकास जमिनको फरक छ ।

विप्लब नेतृत्वको नेकपा स्वाधीन रास्ट्रको निम्ति, देशमा ब्याप्त अन्याय, अत्याचार, भ्रष्टाचार, बलात्कार, महंगी , कालोबजारी, घुसखोरी र दलाल संसदीय ब्याबस्थाको अन्त्यका निम्ति आफ्ना राजनैतिक गतिबिधि संचालन गरिरहेको छ भने, सीके रावत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धन स्वायत्त मधेसको मुद्दामा आफ्ना गतिबिधि अगाडि बढाई रहेको छ । विप्लब भन्छन, ‘यो देश दलालहरु बाट बचाउनु पर्छ’, सीके राउत भन्छन ‘नेपाल बाट मधेस अलग्याईनु पर्छ ।‘

संयोग भनौ या नियति । यी दुई फरक फरक राजनीतिक उदेश्य बोकेका नेतृत्वलाई यतिखेर एउटै हाडीमा हालेर भुट्ने काम भईरहेको छ। विप्लब नेतृत्वको नेकपा हाडी भित्रै मकैको फुल उठे झैँ उठ्ने वाला छ भने सिके रावत नामको स्वतन्त्र मधेस गठबन्धन हाडी भित्रै ठेट्ना भएर खुम्चिने वाला छ । तर मानिसहरु यी बिषयहरुलाई एकै ठाउँमा घोली रहेका छन् । यसरि फरक फरक बिचार र उदेश्य भएका पार्टी र समुहलाई एकै ठाउँमा राखेर दाँज्न मिल्दैन।

बिखण्डनको नारा घन्काउने सिके राउतसंग स्वाधिन रास्ट्रको निम्ति, देशमा ब्याप्त अन्याय, अत्याचार, भ्रष्टाचार, बलात्कार, महंगी , कालोबजारी, घुसखोरी र दलाल संसदीय ब्याबस्थाको अन्त्यका निम्ति संघर्षरत विप्लबको नेकपालाई एउटै आखाले हेर्ने महान ब्यक्तित्वहरुलाई खै के भनौ? आफ्नो परिभाषा आफैले गर्दा राम्रो हुन्छ होला। कम्तिमा विप्लबलाई उनको राजनितिक उदेश्य र सिद्धान्तबाट र रावतलाई उनकै उदेश्य र सिद्धान्तबाट हेर्ने र त्यहि अनुरुपको व्याख्या बिश्लेषण गर्दा राम्रो हुन्छ ।

पछिल्ला केहि महिना यता विप्लब नेतृत्वको नेकपाले देशै भरि आफ्ना राजनैतिक गतिबिधि लाई शसक्त बनाई रहेको छ ।

जनताका प्रतिनिधिको नाममा गाउँ गाउँमा स्थानिय प्रतिनिधिहरुले भ्रस्टाचार गरेको भन्दै त्यस्ता जनप्रतिनिधिलाई कालोमोसो दल्ने काम गर्‍यो।

विभिन्न ठेकेदारहरुलाई पनि जनकारबाही गर्‍यो। जनताको रगत र पसिनाबाट तिरेको करको दुरुपयोग गरेको भन्दै त्यससंग सम्बन्धित मानिसहरुलाई चेतावनी दिने र सजक गराउने काम समेत गर्‍यो।

त्यस्तै राज्यलाई कर नतिरी अर्बौ रुपैया बिदेश पलायन गराएको भन्दै देशै भरिका एनसेल टावरहरुमा आगजनी र बम बिस्फोट समेत गरायो। सुरक्षाको दृष्टिले अत्यन्त मजबुद मानिने काठमाण्डौ उपत्यका कै ब्यस्त शहर नख्खुमा एक जनाको ज्यान जाने गरि गराईयको बम बिस्फोट, बैदेशिक रोजगारीमा जाने युवासंग मोटो रकम लिएर बिदेश पठाउने र त्यहा पुर्‍याएर अलपत्र पार्ने गरेको आरोपमा वैदेशिक रोजगार व्यावसायी संघका अध्यक्ष रोहन गुरुङको वनस्थलीस्थित घरमा समेत बम बिस्फोट गरायो । विप्लबका यिनै गतिबिधिका कारण पनि यतिखेर सबैको ध्यान तानेको छ ।

राज्य यतिखेर विप्लब नेकपा प्रति आक्रामक रुपमा प्रस्तुत भई रहेको छ। विभिन्न सभा, समारोहमा प्रधानमन्त्री के पी शर्मा ओली ले विप्लब नेकपा प्रति आक्रामक भासण र निर्देशन दिइरहेका छन्। केहि दिन अगाडी विप्लब समूह लुटेराहरुको समूह हो भन्दै भासण गरे भने हिजो मात्र नेपाल वैदेशिक रोजगार व्यावसायी संघको टोलीसँग भनेका छन्  ‘जहाँ जहाँ धेरै पैसा छ भन्ने लाग्छ त्यहीँ बम हान्नेहरुसँग के को वार्ता ? उनीहरुलाई कानुन बमोजिम नियन्त्रणमा लिइन्छ ।’

यसै बीच गए राती अबेरसम्म बसेको मन्त्रि परिषदको बैठकले नेत्रविक्रम चन्द विप्लब नेतृत्वको नेकपाका गतिविधिमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ। मंगलबार अबेर प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले विप्लव समूहका गतिविधि अपराधीकरणतर्फ उद्यत रहेको ठहर गर्दै प्रतिबन्ध लगाउने निर्णय गरेको हो। विप्लब नेतृत्वको नेकपाको गतिविधि राजननीतिक भन्दा पनि अपराधिक भएकाले प्रतिबन्ध लगाउने निर्णय गरिएको एक मन्त्रिले बताएका छन्। सरकारले नेकपा विप्लव समूह आपराधिक संगठन भएको ठहर गर्दै प्रतिबन्ध लगाएको छ ।

तर यता विप्लब नेतृत्वको नेकपाले भ्रष्टाचारी र घुसखोरलाई कारवाही गरेर सरकारलाई नै सहयोग पुर्‍याई रहेको बताई रहेको छ । सरकारले विप्लव नेतृत्वको पार्टीलाई प्रतिबन्ध लगाउने निर्णय गरेसँगै विप्लब नेकपाले त्यसको प्रतिवाद गर्ने समेत बताई सकेको छ।

बर्तमान सरकारले नै बैधानिक रुपमा यो देशको साधन श्रोत माथि लुट मच्चाई रहेको छ। विप्लब नेकपा  त्यसलाई रोक्न माग गर्दै आफ्ना गतिबिधि बढाइ रहेको छ। तर सरकार उल्टै प्रतिबन्ध लगाउने निर्णय गरिरहेको छ । यसले के देखाउँछ भने, देशमा लुटतन्त्र चलिरहेको छ, यसलाई नै जोगाउन नेकपा माथि प्रतिबन्ध लगाउने निर्णय गरेको हो । नेकपाले भनेको छ ।

अचम्म लाग्ने कुरा त के छ भने, हिजो दश बर्षे जनयुद्धको नेतृत्व जसले गर्यो, उही अहिले सरकारमा हुने र उसैले छोडेर गएका मुद्धाहरु उठान गरेर आन्दोलन गर्दा त्यसमाथि प्रतिबन्ध लाग्ने यो कस्तो बिडम्बना हो ?। दश बर्से जनयुद्धको मुल उदेश्यबाट नेतृत्व भागे पछि विप्लब नेकपाले तिनै मुद्धा सहित केहि नयाँ र समय सापेक्ष मुद्धाहरु समेटेर एकिकृत जनाक्रान्ती हुदै बैज्ञानिक समाजबाद स्थापना गर्ने सम्मको दिशा तय गरेको छ।

देश संघियतामा गए संगै केन्द्र देखि स्थानिय तहसम्म बजेटको चरम दुरुपयोग भएको देखिन्छ। केहि समय अगाडि गायक पशुपति शर्मा ले बजारमा ल्यायको ‘लुट्न सके लुट कान्छा, लुट्न सके लुट, अरु देशमा पाईदैन नेपालमै हो छुट’ बोलको गीतले नै अहिले देशमा के भई रहेको छ भन्ने कुरा छर्लंग पार्छ । यो गीतको बारेमा प्रधानमन्त्री केपी शर्मा ओलीले पशुपति शर्माको गीतलाई जनताले मन नपराएको समेत भन्न भ्याएका छन् । उनले अझ थपेका छन्, ‘एउटाले भुलचुकले एउटा गीत बनायो अरे, लुट् लुट् केही काम लाग्दैन, लुटेर खा भाइ लुटेर खा । जनताले मन पराएनन् तिम्रो गीत भनेपछि युट्युबटबाट हटाए रे ।’

यद्यपि यो गीतलाई पनि सरकारले पचाउन नसकेकै कारण कलाकारले यो गीत युटुबबाट हटाई सकेका छन्। हो देशमा लुट तन्त्र दिन प्रतिदिन मौलाई रहेको छ, यहि लुटका बिरुद्ध देशै भरिबाट आवाज उठी रहेको छ ।यहि आवाज बुलन्द पर्दै नेकपा हिडिरहेको छ, यहि आवाज लाई विप्लब नेकपाले सम्बोधन गर्न जनताको माझमा सत्तिसाल भएर उभिएको छ ।

के, स्वाधीन रास्ट्र को निम्ति, देश मा ब्याप्त अन्याय, अत्याचार, भ्रष्टाचार, बलात्कार, महंगी , कालोबजारी, घुसखोरी अन्त्यका निम्ति आफ्ना राजनैतिक गतिबिधि संचालन गर्दा देश र जनता बिरुद्ध हुन्छ?  सरकार भनेको सबैको अभिभावक हो, सम्पुर्ण शक्तिलाई मिलाएर लैजानु उसको दायित्व हो तर सरकार नै आक्रमक बनेर कठोर निर्णय गर्दै विप्लवलाई प्रतिबन्ध लगाउने निर्णय गर्दै मुटभेडको वातावरण तर्फ उन्मुख भएको देखिन्छ । यसले राज्यमा ठूलो दुर्घटना निम्तिन सक्छ । सरकारको कारणले राज्यले क्षति व्यहोर्नु पर्ने हुन सक्छ । राज्यले दम्भ देखाएर हैन नरम भएर वार्ता मार्फत द्वन्दलाई रुपान्तरण गर्दै जानुपर्छ, राज्य आक्रमक हुनु गलत हो।

सरकार आफ्नै पक्षबाट भई रहेका त्रुटीहरुलाई न सच्याउने र जनताका आवाज हरुलाई कुल्चिदै अगाडि बढ्ने हो भने पुन यो देशमा युद्ध सुरु हुने निश्चित छ ।  

लेखक मिर्मिरे एफएमसँग आबद्ध छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ