arrow

३५ महिलामा पाठेघरको समस्या

logo
प्रकाशित २०७५ फागुन २९ बुधबार
patheghar.jpg

खस्यौली ।  रुपन्देही सैनामैना नगरपालिका–३ का ३५ महिला पाठेघरसम्बन्धी समस्याबाट पीडित भएका छन् ।

महिलामा हुने पाठेघरलगायत रोगको परीक्षणबाट ती महिलामा पाठेघरसम्बन्धी समस्या देखिएको पर्रोहा हेल्थ पोष्ट, मुर्गियाले जनाएको छ । परीक्षणबाट ३३ जनाको पाठेघरमा क्यान्सरको जोखिममा रहेको, १० को पाठेघरमा मासु पलाएको र एकको पाठेघर खसेको पाइएकाले उनीहरुलाई थप उपचारका लागि सिफारिस गरिएको परिवार नियोजन सङ्घ, बुटवलकी नर्स बिष्णु गुरुङले जानकारी दिए। उनीहरु २० देखि ५० वर्ष उमेर समूहका छन् ।

सैनामैना नगरपालिका–३ को आयोजनामा पर्रोहा हेल्थ पोष्टमा सञ्चालन गरिएको तीन दिने निःशुल्क महिला स्वास्थ्य शिविरमा कूल ४११ महिलाले स्वास्थ्य परीक्षण गराएको वडाध्यक्ष रत्नबहादुर पौडेलले जानकारी दिए। परीक्षण गराएकामध्ये २६६ महिलालाई औषधी वितरण गरिएको बताइएको छ ।

नेपालका सामाजिक संरचनाका कारण महिला लजाउने हुनाले पाठेघर र स्तनको क्यान्सर हुने गरेको उल्लेख गर्दै नर्स पदमा श्रेष्ठले भने, “विशेष गरी यौन रोगमा अझै पनि महिला खुलेर समस्या बताउन नसक्ने अवस्थामा छन् ।”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ