arrow

बलिउड स्टारसँग प्रधानमन्त्री मोदीको अपिल

logo
प्रकाशित २०७५ फागुन २९ बुधबार
pm-narendra-modi-tweets-bollywood-stars.jpg

काठमाडौं । भारतमा चुनावी मितिको घोषणा भएसँगै चुनावको माहोल तातेको छ । यसैबीच मोदी सरकार लगातार युवाहरुसँग भोट गर्न अपिल गरिरहेको छ । बुधबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बलिउट स्टारसँग मतदानको अपिल गरेका छन् । उनले ट्विट गर्दै अपिल गरेका हुन् ।

मोदीले सो ट्वीटमा आफ्नो युवा मित्रसँग कुरा गर्दै लेखेका छन्  'मेरा मित्र रणवीर सिंह, वरुण धवन र विक्की कौशल । कयौ युवाहरु तपाईहरुको प्रशंसा गर्छन् ।  वहाँहरुलाई यो बताउने समय आएको छ जोश सहित भोटिङ सेन्टर जाने ।'

बलिउडका महशुर गायीका मंगेशकर र एआर रहमानसँग पनि प्रधानमन्त्री  मोदीले अपिल गरेका छन् । उनले ट्वीट गर्दै लेखेका छन्, ' म विनम्रतापूर्वक तपाईसँग अनुरोध गर्छु कि २०१९ को  चुनावमा अधिक भन्दा अधिक मानिसहरुलाई मतदान गर्न प्रेरित गर्नुहोस । भोट मानिसहरुको आवाज सुनने एक शानदार तरीका हो ।'

प्रधानमन्त्री मोदीले दीपिका पादुकोण, आलिया भट्ट र अनुष्का शर्मासँग पनि मतदान गर्न अपील गरेका छन् । .

प्रधानमन्त्री मोदीले अभिनेता मनोज बाजपेयी र गायक शंकर माहदेवनसँग पनि भोटको अपील गरेका छन् । साथै उनले अक्षय कुमार, भूमि पेडनेकर र आयुष्मान खुराना, सँग दम लगाएर भोटिंगलाई हिट बनाउन माग गरेका छन् ।

साथै मोदीले  सलमान खान र आमिर खानलाई ट्वीट गर्दै लेखेका छन्, 'भोटिंग हाम्रो अधिकार मात्र नभएर हाम्रो जिम्मेवारी पनि हो । डियर सलमान खान र आमिर खान तपाई आफ्नो स्टाइलबाट देशका युवालाई मोटिभेट र इंस्पायर गर्ने समय आएको छ । ताकि हामी आफ्नो लोकतन्त्र र आफ्नो देश मजबूत बनाउन सकु।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ