arrow

सशक्त आन्दोलन गर्ने महिला फोरमको चेतावनी

logo
प्रकाशित २०७७ पुष १७ शुक्रबार
1403941161.jpeg
काठमाडौं । संघीय समाजवादी महिला फोरम नेपालले सशक्त आन्दोलन गर्ने चेतावनी दिएको छ । महिला फोरमले बुधबार मधेश मिडिया हाउसमा आयोजना गरेको पत्रकार सम्मेलनमा महिनौंदेखि जारी अनिश्चितकालीन मधेश आन्दोलनलाई बदनाम गरी यसलाई तुहाउने षड्यन्त्र गरेको भन्दै विरोध गरेको छ ।

महिला फोरमले पत्रकार सम्मेलनमा आगामी आन्दोलनका कार्यक्रमहरु पनि सार्वजनिक गरेको छ । महिला फोरमले बिहीबार काठमाडौंको प्रमुख जिल्ला अधिकारीको कार्यालयमा बिहान ९ बजेदेखि ११ बजेसम्म धर्ना दिने कार्यक्रम सार्वजनिक गरेको छ । त्यसपछि पनि कुनै सकारात्मक कारबाही नगरिए तिहारपछि थप सशक्त आन्दोलनको घोषणा गर्ने चेतावनी दिएको छ ।

महिला फोरमकी अध्यक्ष निर्मला यादवले सरकारले एकातिर वार्ता पनि गर्ने अर्कोतिर आन्दोलनकारीमाथि गोली बर्साउने कार्य गरेको भन्दै आक्रोश व्यक्त गरेकी छन् । उनले सरकारले वार्ताको नौटंकी मात्र गरेको आरोप समेत लगाएकी छन् । आन्दोलनकारीहरुले मधेशमा चीनको झण्डा जलाएको भन्ने सञ्चारकर्मीको प्रश्नको जवाफमा उनले केही भिजिलान्तेहरुले आन्दोलनलाई बदनाम गराउने षड्यन्त्र रहेको बताइन् ।

पत्रकार सम्मेलनमा जारी गरिएको प्रेस विज्ञप्तिमा, ‘मुलुकको विभिन्न क्षेबाट उठेका आन्दोलनलाई अन्य मुलुकसँग जोड्नुको सट्टा विगतमा मधेश आन्दोलन लगायत आदिवासी, जनजाति, खस, थारुहरुसँग भएको सम्झौता अन्तरिम संविधान २०६३ र पहिलो संविधानसभामा भएको सहमति कार्यान्वयन गरी संविधान पुनर्लेखन गर्नु नै समस्याको समाधान हुने’ धारणा राखेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ