arrow

अब चन्द्रमामा चल्नेछ स्वचालित कार, अन्तरिक्ष यात्रीले गर्नेछन् १० हजार किलोमिटरको यात्रा

logo
प्रकाशित २०७५ फागुन २९ बुधबार
car.jpg

काठमाडौं । जापानको सबैभन्दा ठूलो कार कम्पनी टोयटाले चन्द्रमामा चल्नसक्ने कार निर्माण गरिरहेको छ । कम्पनीले यसको नाम लुनार रोवर राखेको छ । सो स्वचालित कारमा दुई मानिसहरु बसेर १० हजार किलोमिटरसम्म जान सक्नेछन् । टोयटाले उक्त कार जापान एरोस्पेसका एक्सप्लोरेशन एजेन्सीका लागि तयार गरिरहेको हो ।

सन् २०२९ मा यसलाई चन्द्रमामा लैजाने एजेन्सीको योजना छ । रोवरलाई अन्तरिक्षयात्रीभन्दा पहिला चन्द्रमामा पुर्‍याउने योजना छ । यात्री चन्द्रमामा उत्रिएपछि मानिस भएको स्थानमा कार पुग्नेछ ।

सो कारमा प्रयोग गरिने ब्याट्रि सौर्य ऊर्जाबाट सञ्चालित हुनेछ । कारको लम्बाई ६ मिटर  हुनेछ, ५.२ चाडाई र ३.८ मिटर उचाइ हुनेछ । कम्पनीकाअनुसार यसको आकार दुई माइक्रोबसको बराबर हुनेछ । यसमा १३ क्युबिक मिटरको बस्ने स्थान मिल्नेछ । कुनै आपतकालीन अवस्थामा यसमा चारजना मानिस पनि राख्न सकिन्छ ।

जाक्सा र टोयटाले सन् २०२९ मा यसलाई सार्वजनिक गर्नेछन् । त्यसपछि सन् २०३० मा जापानको मानव मिशन शुरु हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ