- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । साडियो मानेले दुई गोल गरेपछि इंगलिश क्लब लिभरपुल युईएफए च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
अन्तिम १६ को दोस्रो लेगको खेलमा जर्मन क्लब बार्यन म्युनिखविरुद्व ३–१ गोल अन्तरको नतिजा निकाल्दै लिभरपुल समग्रमा ३–१ को नतिजा सहित नै अन्तिम ८ मा प्रवेश गरेको हो ।
लिभरपुलको घरेलु मैदानमा भएको पहिलो लेगको खेल गोलरहित बराबरीमा सकिएको थियो ।
बार्यन म्युनिखको घरेलु मैदान एलिनाज स्टेडियममा बुधबार राति भएको खेलमा लिभरपुलले साडियो मानेको गोलबाट अग्रता लिएको थियो ।
लिभरपुलका जोएल माटिपले ३९ औं मिनेटमा आत्मघाति गोल गरेपछि खेल बराबरीमा आएको थियो ।
भर्जिल भान डेजकले ६९ औं मिनेटमा गोल गर्दै लिभरपुललाई पुनः अग्रता दिलाएका थिए ।
खेल सकिन ६ मिनेट अगाडी मानेले व्यक्तिगत दोस्रो गोल गर्दै प्रिमियर लिग क्लबलाई अन्तिम ८ को यात्रा सुनिश्चित गराए ।
पछिल्लो १० खेलमा मानेले १० गोल गर्न सफल भएका छन् ।