- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । फेसबुकमा गम्भीर समस्या आएको छ । कतिपय ठाउँमा फेसबुक खुलेको छैन ।
फेसबुकबाट समाचार सेयर गर्न समेत मिलेको छैन ।
विह्वभर सामाजिक संजालमा देखिएको यो अप्ठेरो फेसबुकको इतिहासमा सबैभन्दा ठूलो भएको बीबीसीले जनाएको छ ।
बुधबार रातिदेखि देखिएको यो समस्या इन्स्टाग्राम तथा ह्वाट्सएपमा पनि देखिएको छ ।
केही देशमा भने समाधान भएको जनाइएको छ । फेसबुकले समस्या समाधानका लागि तत्कालका लागि आफ्नो प्लेटफर्म डाउन भएको र केही समयमै समस्या समाधान हुने बताएको छ ।
यसअघि सन् २००८ मा यस्तो समस्या देखिएको थियो ।
११ वर्षअघि फेसबुकका प्रयोगकर्ता विश्वमा १५० मिलियन थिए । अहिले विश्वभर फेसबुकका मासिक प्रयोगकर्ता २.३ बिलियन रहेका छन् ।
फेसबुकले छिटोभन्दा छिटो समस्या समाधान गर्नमा प्रयासरत भएको जनाएको छ ।