arrow

साहोका लागि प्रभासले घटाए ८ किलो तौल, बहुबली–२ को शुटिङमा थिए १५० किलो

logo
प्रकाशित २०७५ फागुन ३० बिहिबार
prabhas1.jpg

काठमाडौं । बाहुबलीको सफलतापछि प्रभास आफ्नो आगामी फिल्म साहोका लागि काम गरिरहेका छन् । सोहोका फिल्म निर्माताले प्रभावको नयाँ लुक सार्वजनिक गरेका छन् । यो लुक उनका धेरै फ्यानले रुचाएका छन् ।

प्रभासलाई यस किसिमको लुक बनाउन भने धेरै मिहिनेत गर्नुपरेको थियो । उनले ७ देखि ८ किलोसम्मको तौल घटाएका थिए । सोहो फिल्मका लागि उनले आफ्नो तौल घटाउनका लागि विशेष किसिमको योजना बनाएका थिए । यो फिल्मका लागि ८७ देखि ८८ किलो तौल आवश्यक थियो । उनले साहोको शुटिङ भइसकेपछि पनि तौल घटाउनका लागि आफू काम गरिरहेको बताएका थिए ।

प्रभासले बाहुबली–२ का लागि १ सय ५० किलोको तौल बनाएका थिए । यसका लागि उनी सधैं ४० अण्डा, आधा किलो कुखुराको मासु, सलाद, फल र ब्राउन राइस खाने गर्थे । साथै दिनमा ६ पटक स्न्याक्स, बदाम सागपात र माछाका परिकार खाने गर्थे । प्रत्येक २ घण्टामा केही न केही खानु उनको नियम नै बनेको थियो ।

फिल्म साहो भारतको पहिलो मल्टी ल्यांग्वेज फिल्म हो । यो फिल्म हिन्दी, तेलुगु र तमिल भाषमा एकसाथ शुटिङ गरिएको छ । यो फिल्ममा प्रभास र श्रद्धा कपूरका साथै नील नितिन मुकेश, ज्याकी श्राफ, मन्दिरा बेदी, महेश मांजरेकर र चंकी पाण्डे पनि रहनेछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ