arrow

माईपोखरी आगलागीमा पाँच होटल जलेर नष्ट, डेढ करोडको क्षति

logo
प्रकाशित २०७५ फागुन ३० बिहिबार
maipokhari1.jpg

 इलाम ।  इलामको सन्दकपुर गाउँपालिकाको माईपोखरीमा लागेको आगो नियन्त्रणमा आएको छ । आगो स्थानीयवासी, प्रहरी र इलाम नगरपालिकाको दमकलले नियन्त्रणमा लिएको हो ।

गाउँपालिकाको –१ र ३ मा पर्ने माईपोखरीको प्रवेशद्वार अगाडि रहेका पाँच वटा होटल जलेर पूर्ण रुपमा नष्ट भएका छन् । मध्य दिउँसो स्थानीयवासी चक्रदीप मुखियाको भान्साघरबाट शुरु भएको आगोले पाँच वटा होटलका सामान पूर्णरुपमा जलेर नष्ट हुँदा एक करोड ४० लाख बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ ।

आगलागीबाट चक्र मुखिया, निमदोर्जे शेर्पा, मिङमालमु शेर्पा, कमल मुखिया, र लाक्पा शेर्पाले सञ्चालन गर्दै आएका होटलहरु जलेका हुन् । काठबाट निर्माण गरिएका होटल र ती होटलमा रहेका सरसामान जलेर पूर्णरुपमा नष्ट भएको स्थानीयवासी युवराज पिसीले जानकारी दिए।

आगलागीबाट चक्रदीप मुखियाले सञ्चालन गरेको सिम्रन होटलमा आगो लाग्दा ४२ लाख बराबरको सरसामान, २० तोला सुन, १० तोला चाँदी र १० लाख नगद जलेर नष्ट भएको जनाइएको छ । यस्तै निमदोर्जे शेर्पाको पेमु होटल जलेर नष्ट हुँदा ४० लाख मुल्य बराबरको सरसामान, नगद ३ लाख र ६ तोला सुन जलेर नष्ट भएको छ । आगलागिबाट कमल मुखीयाले संचालन गरेको होटलबाट १० लाख बराबरको सरसामान, ९ लाख २० हजार नगद, १ तोला सुन र १० तोला चाँदी जलेको छ ।

आगलागीबाट स्थानीयवासी लाक्पा शेर्पाले सञ्चालन गरेको होटल जल्दा २९ लाखभन्दा बढीको क्षति भएका छ भने मिङमादीकी शेर्पाको होटलमा आगो लाग्दा ६ लाखको सरसामान, नगद ५० हजार र दुई तोला सुन नष्ट भएको छ । आगलागी पीडितको बिचल्ली भएको छ भने क्षतिको पूरा विवरण सङ्कलन गर्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ