arrow

सरकार नै राष्ट्र विखण्डनतर्फ लागेको रमेश लेखकको आरोप

logo
प्रकाशित २०७५ फागुन ३० बिहिबार
ramesh-lekhak-achham.jpg

अछाम। नेपाली कांग्रेसका नेता  रमेश लेखकले नेत्र विक्रम चन्द नेतृत्वको नेकपामाथी प्रतिबन्ध लगाउने सरकारको निर्णय राजनीतिक निकास नभएको बताएका छन्। नेपाली कांग्रेस ढकारी गाउँपालिकाले आयोजना गरेको सभामा नेता लेखकले सरकारको यो निर्णयले द्वन्दलाई बढावा दिने बताए। 

माओवादीसँग वार्ता गर्ने सरकारी टोलीका सदस्य समेत रहि काम गरेका कांग्रेस नेता लेखकले सरकारले शान्तिपुर्ण बार्ताका मार्फत समस्याको समाधान गर्नुपर्ने आफ्नो धारणा राखे। उनले बिप्लब नेतृत्वको नेकपालाई हत्या, हिंसा र आतंकको बाटोले पनि निकास दिन नसक्ने भएकोले शान्तिपूर्ण राजनीतिमा आउन सुझाए।

सरकारलाई आफ्नो निर्णयमा पुनर्बिचार गरि बार्ताको लागि आव्हान गर्नुपर्ने लेखकको सुझाव छ। नेपाली कांग्रेस सदैब हत्या, हिंसा, र आतंकका विरुद्ध रहेको उनले प्रष्ट्याए। लेखकले शान्ति सुरक्षामा सरकार पुर्ण असफल भएको उल्लेख गर्दै सरकार नै बलात्कारी र अपराधीको संरक्षणमा लागेको आरोप पनि लगाए ।उनले ८ महिना सम्म पनि निर्मला पन्तको हत्यारा पत्ता नलगाउनुले अपराधी संरक्षणमा लागेको बताए।

नेपाली कांग्रेस ढकारी गाउँपालिका इकाई सभापति धन बहादुर बुढाको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व मन्त्री समेत रहेका लेखकले सिके राउतसँग गरिएको सहमति गम्भीर राष्ट्रघात भएको जिकिर गरे। सिके राउतसँग भएको सहमतिमा उल्लेखित भाषाले बर्तमान सरकार रास्ट्रको बिखन्डनकारी शक्तिसँग सहमती गरेर राष्ट्र बिखन्डनमा लागेको पुष्टी भएको बताए। उनले सिके राउतसँग भएको सम्झौताबारे सरकारले प्रष्ट पार्नु पर्ने बताए।

सभामा नेपाली कांग्रेस अछामका सभापति भरत स्वाँर, नेपाली कांग्रेसका पूर्व सभापतिहरु मेघराज खडका, पुस्प शाह, प्रदेश सभा सदस्य अम्बिका थापा, अक्कल बहादुर बिस्ट, पूर्व सांसद गणेश बहादुर बिष्ट लगायतले समसामयिक विषयमा आफ्नो धारणा राखेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ