arrow

'मनमोहन पोलिटेक्निक इन्स्टिच्युट अब प्राविधिक विश्वविद्यालय’

logo
प्रकाशित २०७५ फागुन ३० बिहिबार
manamohan-newskarobar-3.jpg

विराटनगर । प्रदेश नं १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्वोले प्रदेशसभाको यही अधिवेशनबाट मनमोहन पोलिटेक्निक इन्स्टिच्युटलाई प्राविधिक विश्वविद्यालयका रुपमा स्थापना गरिने बताएका छन् ।

विष्णुमाया पुस्तकालय विराटनगर–१ द्वारा बिहिबार यहाँ आयोजित पूर्वउप्रधानमन्त्री भरतमोहन अधिकारीको श्रद्धाञ्जलिसभामा मन्त्री आङ्वोले स्व अधिकारीको सपनालाई साकार बनाउन प्राविधिक विश्वविद्यालय स्थापना गरी युवालाई दक्ष जनशक्तिका रुपमा तयार गरिने बताए । “आगामी वर्षदेखि आङ्गिक क्याम्पसले पठनपाठन शुरु गर्नेछ”, उनले भने। स्व अधिकारीले मुलुकको विगतमा संविधान निर्माण गर्ने कार्यमा सन्तुलित भूमिका निर्वाह गरेको मन्त्री आङ्वोको भनाइ थियो ।

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले अधिकारी र बालकृष्ण पोखरेलको निधनबाट अपूरणीय क्षति पुगेको बताए । 

सभामा पूर्वशिक्षामन्त्री राधाप्रसाद घिमिरे, पूर्वसङ्घीय सांसद ऋषिकेश पोखरेल, कृष्ण पोखरेल, डा भेषप्रसाद धमलालगायतले आ–आफ्नो धारणा राखेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ