arrow

मन रुपी हात्तीलाई मदिरा

logo
अध्यात्म,
प्रकाशित २०७५ फागुन ३० बिहिबार
king-elephant.jpg

काठमाडौं ।  महाभारतको शान्ति पर्वका अनुसार एक समय धर्मराज युधिष्ठिरले पितामह भीष्मसँग शान्ति पाउने उपाय बारे सोधे | तब भीष्मले भने- हे पुत्र ! एक समय एक राजाले आफ्नो हात्तीलाई  खूब मदिरा पिलाए र त्यसमा बसेर घुम्न निस्किए । मार्गमा राजालाई हात्तीले लडाएर आक्रमण गर्न खोज्यो | राजा हात्तीसँग भयभीत भएर प्राण बचाउन भागे । राजा भाग्दा भाग्दै अचानक एक  इनारमा झरे , इनारको माथि एक पीपलको रुख थियो त्यसको जरा इनारमा फैलिएको थियो ।

राजा पीपलको एक जरामा अल्झिए । सो समय राजाले देखे कि एक सेतो मुसा र एक कालो मुसा जुन जराको सहारामा उनि झुन्डिएका छन् त्यसलाई काटि रहेको छ । राजाले तल निहुरेर हेरे त त्यहाँ अनेक विषधारी सर्प, खजुरा र बिच्छि उनको झर्ने प्रतीक्षामा छन् ।  कि कहिले राजा झर्छन् र हामी खाऔँ । माथि हात्ती पनि राजालाई मार्नेलाई आक्रमक भएर बसेको छ । राजा सोच्छन्, 'यदि माथि गए भने मलाई हात्तीले मार्नेछ । यदि माथि नजाउ भने कालो र सेतो मुसाहरुले जरा काट्दै छन् जसकारण म तल गिर्नेछु र त्यो सर्प र बिच्छिले मलाई खानेछ ।'

यतिकैमा राजालाई माहुरीको महको चाक्का देख्छन् | राजा मुख खोलेर त्यसलाई हेर्न थाले कि कहिले मह चुहिनेछ र खान पाउ | राजाले हात्तीलाई बिर्सिए । तल इनारमा रहेको सर्प, बिच्छिहरु, पिपलका जरा काट्दै गरेका मुसा सबै बिर्सिए । केवल यति नै याद रह्यो कि मह मीठो हुन्छ । यति पनि विचार गर्नन् कि यदि यसै प्रकार मह चहुदै गर्दा उनले पनि तल झर्ने पर्नेछ ।

यसै प्रकार जीव रूपी चक्रवर्ती राजा पनि मन रुपी हात्तीलाई मोह रुपी मदिरा पिलाएर संसारको भ्रमण गर्न आएको छ  | यहाँ मन रुपी हात्तीले जीव रुपी राजालाई चौरासी योनी रुपी इनारमा झारेको छ | जीव निकै छोटो आयु रुपी जरामा अल्झिएको छ । आयुलाई दिन र रात रुपी मुसाले क्षण क्षण रुपी दाँतहरुले समाप्त गरिरहेको छ । आयु समाप्तसँगै जीव चौरासी योनीमा जादैछ | जहाँ काम, क्रोध, लोभ, मोह, अहंकारको परिणाम स्वरुप नाना प्रकारका दुःख मिल्नेछ  | तर मानिस यसै आशामा रहेको छ कि यी विषयमा आनन्द आज मिल्नेछ ,भोलि मिल्नेछ परन्तु आनंद मिल्दैन । आयु समाप्त हुदै जान्छ र पुन जीव चौरासी लख योनीमा गएर अनेक प्रकारका दुःख भोग्नेछ | यी महा भयंकर दुःख दिने कष्टबाट मनुष्य योनिमा नै छुटकारा पाउन सक्छ  |

भगवान श्री कृष्ण गीतामा भन्छन्, 'जहाँ सूर्य, चन्द्रमा र अग्निको प्रकाश छैन, जहाँ स्वयं प्रकाश छ त्यहा मेरो परम धाम छ त्यहाँ गएर जीव फेरी फर्कनेछैन | जब जीव तत्वदर्शीको शरणागत भएर, दीन भावबाट सेवा गरेर त्यो तत्वज्ञानलाई जान्दछ र निरन्तर त्यसको सुमिरण गर्छ तब उ शान्ति प्राप्त गर्न सक्छ ।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ