arrow

मलाई माफ गर !

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
love.jpg.jpeg
शेखर कास्यप  । जिवन जिउने क्रममा म बाट धेरै भुलहरु भए । मलाई माफ गर प्रपा । म तिमिलाई हिजो पनि माया गर्थे र आज पनि गर्छु । तिमिप्रति मेरो गहिरो प्रेम रहेको छ। कहिले रिसाए कहिले झगडा गरे धेरै पटक मन दुखाए । तिमिलाई धेरै चोट दिए तर पनि म तिमिलाई माया नै गर्थे । समयले आज मलाई परिबन्दमा पारेको छ । म धेरै तडपिएको छु रोएको छु पागल बनेको छु । तर पनि मेरा सामु उपाय रहेन ।
प्रेम प्राप्ति हो । प्रेममा सामिप्यता चाहिन्छ तर हामी बिच त्यो पनि रहेन । गहन अविश्वासले हाम्रो सम्बन्धलाई घेर्यो । कहिले जातका नाममा, कहिले खुवाइका नाममा, लगाइका नाममा । विश्वासको वातावरण रहेन । तिमिमा धेरै अपसोचका रंगहरु देखिन थाले ।
 
त्यस समयमा सोच्नु पर्ने मेलै नै थियो तर मैले सोच्न सकिन । म आफ्नै तालमा रहे विहान कलेज दिउसो अफिस र साझ कोरियन भाषा साथै बाइक किन्ने सोचमानै व्यस्त रहे । त्यससमय मलाई के लाग्थयो भने हाम्रो प्रेम सधै रहेको छ र रहिरहनेछ । मलाई त्यो खालको महसुस हुन्थ्यो । मैले तिमिलाई त्यागेर अन्य केटीको पछि पनि लागेको होइन आफ्नो व्यस्त समयलाई मिलाउन नसकेर म सधै तनाबमा नै रहे ।मलाई अहिले पनि यो कुराको अफसोच छ । सोच्ने गर्छु मेरो आामाले मलाई भन्ने गरेको कुरा । छोरा तेरो बुवाले माया गर्न जाँन्दैनन् । त्यस समय प्रेममा फेल भएका मेरा बुवा अहिले पनि पास हुन सकेनन् किनकि म फेल भएको छु । म प्रेम गर्न योग्य नभएको हाम्रो सम्बन्धले देखाई सक्यो । हात जोडेर धम्काएर पनि प्रेम हुन सक्दैन । रोएर कराएर पनि के गर्नु ।
 
आज मैले जिवनमा भोगे दुखाई केहो भनेर । सोच्छु गहिरो सम्बन्ध हुन जातनै मिल्नु पर्छ मन मिले हुदैन । तिमि नेवार र म बाहुन हुनमा हाम्रो केहि दोष छैन तर पनि यहाँ नहुने रैछ म नै गलत भए मेरो कदम नै गलत भयो ।  जिन्दगी सिकाईको अबसर पनि हो । २४ बर्षको उमेर सम्ममा मैले यहाँ यति सिके।सोच्दैछु नमरुनजेल सम्ममा कति चोट आइपर्छन् र मेरो मनलाई हल्लाउने छन् । यो सोचेर धैरै चिन्तित भएको छु ।
 
मेरा दैनिक क्रियाकलापहरु अस्तव्यस्त भएका छन् । म सम्हालिन सकिन तर कति दिनसम्म यसरी चल्छ । हेर्दै जाम जिन्दगीले कहाँ सम्म पुराउने हो । म फेरि त्यहि ठाउमा आउन केहि बर्ष त पक्कै लाग्ला तर अब जिन्दगी दुविधाले घेरिएको छ । बुवा फेल भएसँगै छोरो र छोरोसँगै नाति पनि फेल भए के गर्ने । के मलाई बा आमाले राम्रो संस्कार दिन सकेनन् । के हाम्रो संस्कारकै कारणले म फेल भए । यि यावत प्रश्न मेरा अगाडि झेलिएका छन् । गम्भिरताले घेरिएको छ । अविश्वासले मन चकनाचुर भएको छ । सम्बन्ध वढाउन सक्ने हैसियत पनि ममा रहेन । सम्झिदै मन भारी हुन्छ। खैर अब यि चिजहरुले मलाई अघि बढ्न नदिनेनै भए । अविश्वासको पहाड यति सम्म चुलियो कि त्यसले मलाईनै छोप्न खोजिरहेको छ ।
 
धैरै पटक दिमागमा आत्महत्या गर्ने सोच पनि आए तर सकिन । बा आमाले एउटा जेठो छोरो गुमाइ सकेपछि फेरि कान्छो छोरा गुमाउनको पिर सहन नसक्नेमा म फेरि स्तब्ध भए। बा आमालाई सम्झिए ठुलो मान्छे बनाउन पठाएको छोरो केटीको नाममा आत्महत्या गर्यो भन्ने खबरले बा आमाको मन कति रोला । सायद काठमाण्डौ नपठाएको भए छोरो त हुने थियो भन्न पश्चताप रहिनै रहने छ । फेरि सोच्छु मरेर के हुन्छ । केहि गरेर यहि देखाउनु छ ।यि सबै कुरा भन्दै गर्दा म तिमिलाई के भन्छु भने प्रेम प्राप्ति मात्र होइन त्याग पनि हो । त्यागले मानिसलाई धेरै माथि पुर्याउछ । सधैभरि सबै कुरा एकैनासको कहाँ हुनेरैछ र। सुख सँगै दुख दिन सँग रात आएझै प्रेमसँगै त्याग पनि आउदो रैछ । संसारको नियम कसले परिवर्तन गर्न सक्छ र ।
 
म त केबल संसारको एक माध्यम न हु । म यसलाई कसरी परिवर्तन गर्न सक्छु । सधै आफ्नो खुसि मात्रले न पुग्नेरैछ प्रपा अरुलाई खुशि दिन सक्नु पर्ने रैछ । अरुको खुशिमा रमाउन सिक्नुछ । म तिमिलाई त्यो खुशि दिन्छु र म त्यागमा रमाउने सिक्नेछु । र यति भनिरहदा पनि म तिमिलाई माया नै गर्छु र गरिरह्ने छु । तिमिसँग छुट्नु पर्दा मनमा पिर त छ नै । पिरबाटै नयाँ जिन्दगिको सुरुवात गर्नेछु । म तिमिलाई मेरो उचाई भन्दा धेरै माथि हेर्न चाहन्छु । जीवनमा तिमिलाई कहिले दुख नहोस मेरो भगवान सँग प्राथना छ ।
 
म आज तिम्रो अफिस आएको थिए तिमीलाई पनि थाहाँ छ। दुई जनालाई सँगै पसलमा देखे। केहि निरास त भए तर पनि वास्तविकतालाई अस्विकार गर्न सक्दिन । तिमिलाई दुखि बनाएर म खुशि हुन पक्कै सक्दिन । तिमिले मलाई आफ्नो जिवनवाट निकालिनै सकेपछि त्यहाँ वोल्ने मेरो कुनै हैसियत रहेन ।जिवन तिम्रो सफल रहोस् । सक्छौ भने मलाई माफ गर प्रपा   मैले तिमिलाई धेरै दुख दिए । म अब तिम्रो सामु आउने छैन । नयाँ जीवनको शुभकामना । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ