arrow

यूपीको चुनावी रणस‌ंग्राम : २०१४का हस्तिहरुको पार्टी परिवर्तनले झनै रोचक बन्दै माहोल

logo
प्रकाशित २०७५ चैत १ शुक्रबार
UP_hasti_election.JPG

काठमाडौं । भारतको लोकसभा चुनाव नजिकिँदै गर्दा त्यहाँको चुनावी माहोल चुलिँदै गएको छ । २०१९ को लोकसभा चुनावमा सत्तारुढ दल भारतीय जनता पार्टी आफ्नो पुरानो विरासत जोगाउन चाहन्छ भने प्रतिपक्षी काँग्रेस विजेपीलाई बाहिर गरेर सत्ताको बागडोर आफू सम्हाल्ने तयारीमा छ । 

यी दुबै पार्टीको लागि मूल केन्द्र विन्दू देखिएको छ उत्तरप्रदेश । सबैभन्दा बढी सिट रहेको उत्तरप्रदेशमा कूल ८० सिट मध्ये यस अघि भाजपाले ७३ सिट जितेको थियो । सोही इतिहास दोहोर्याउने प्रयास भाजपाको छ भने काँग्रेस त्यो संख्या घटाएर आफ्नो प्रभुत्व जमाउने प्रयासमा छ । 

अहिलेसम्मको स्थितीलाई हेर्दा यो वर्षको लोकसभा चुनाव अघिल्लो लोकसभा चुनावभन्दा केही भिन्न देखिएको छ । २०१४ सालमा एक अर्काको खाँटी दुस्मन जस्ता देखिएका समाजवादी पार्टी र बहुजन समाजवादी पार्टीहरु यसपटक गठबन्धनमा छन् । अर्काेतर्फ भाजपाले पनि त्यहाँ समाजवादी पार्टी (एसपी) र बहुजन समाजवादी पार्टी (विएसपी)का हस्तिहरुलाई आफ्नो पार्टीमा भित्र्याईसकेकोले पनि यस पटकको चुनाव झनै रोचक बन्ने देखिएको छ । 

कुन् पार्टीका कुन् हस्तिहरुले दल परिवर्तन गरेर चुनावमा होमिँदैछन् त ? हामीले यस विषयमा विभिन्न भारतीय सञ्चारमाध्यमहरुको सहयोग र २०१४ को लोकसभा चुनावको विवरणको आधारमा तल उल्लेख गरिएको छ । 

रीता बहुगुणा: त्यतिबेला राजनाथको विरोधी, अहिले भाजपालाई साथ 
२०१४ सालमा तत्कालीन अध्यक्ष राजनाथ सिंहको विरोधमा काँग्रेसबाट चुनाव लडेकी रीता बहुगुणा जोशी उत्तरप्रदेशको राजधानी लखनऊबाट यस अघि काँग्रेसको उम्मेदवार थिइन् । तर चुनावमा उनले तीनलाख भोटले हारेकी थिईन् । तर, २०१७ मा नै उनले विधायकको पदमा चुनाव समेत जितिन् । अहिले उनी युपीको क्याविनेट मन्त्री पनि हुन् । उनी अहिले लोकसभा चुनावमा भारतीय जनता पार्टीका लागि अहिले भोट मागिरहेकी छिन् । 

नसीमुद्दीन: मायादेवीका विश्वासपात्र अब काँग्रेसमा 
बीएसपीको सुप्रीमो मायावतीका निकटस्थ नसीमुद्दीन सिद्दीकी यस चुनावमा काँग्रेसको लागि भोट मागिरहेका छन् । २०१४ र २०१७ मा भएको चुनावमा बीएसपीको लागि उनले चुनावमा अहम भूमिका खेलेका थिए । मौजूदा समयमा कांग्रेस तथा बीएसपीको सम्बन्ध देखिन्छ । कांग्रेसले नसीमुद्दीनलाई बीएसपी विरुद्ध ट्रम्प कार्डको रुपमा प्रयोग गर्ने बुझिएको छ । नसीमुद्दीनको बान्दा तथा त्यही आसपासको जिल्लाहरुमा राम्रो प्रभाव रहेको मानिन्छ। 

स्वामी प्रसाद मौर्य: पहिले बीएसपीका थिए, अब विजेपीलाई भोट माग्दै 
योगी सरकारमा क्याविनेट मन्त्री रहेका स्वामी प्रसाद मौर्य कुनै समय मायावतीको निकटस्थहरुमध्येका एक थिए । २०१७ मा स्वामी प्रसाद मौर्यले जब बीएसपी छोडे, त्यतिबेला उनी सदनमा विपक्षी दलका नेता थिए । उनी अहिले भाजपाको लागि भोट माग्दैछन् । बीएसपीबाट पनि उनी क्याविनेट मन्त्री भईसकेका छन् । स्वामी प्रसाद मौर्य २००९ मा कुशीनगरबाट लोकसभा चुनाव समेत लडिसकेका नेता हुन् । यस चुनावमा उनले हार बेहोरेपनि त्यतिबेला भाजपालाई तेस्रो स्थानमा पुर्याउनुमा उनको नै ठूलो देन रहेको मानिन्छ ।

बृजेश पाठक: बीएसपी छोडेर बीजेपीलाई साथ 
२०१७को विधानसभा चुनाव भन्दा पहिले बृजेश पाठकले बीएसपीको साथ छोडेर भारतीय जनता पार्टीको पक्षमा भोट मागेका थिए । उनी २०१४ को लोकसभा चुनावमा बीएसपीका तर्फबाट उम्मेदवार थिए । यसभन्दा पहिले २००४ मा समेत उनी बीएसपीको तर्फबाट पहिलो पटक सांसद बनेका थिए । उन्नाव र हरदोईमा लोकसभाको सिटमा उनको विशेष प्रभाव रहेको मानिन्छ । 

सावित्री बाई फुले: २०१४को कमल अब हात तिर 
बहराइचबाट लोकसभा सांसद सावित्री बाई फुले यसपटक भाजपाविरुद्ध चुनाव लड्दैछिन् । २०१४ मा बीजेपीको टिकटबाट बहराइचको सांसद बनेकी सावित्री प्रदेशमा सबैभन्दा दलित चेहरा मानिन्छिन् । अहिले उनी कांग्रेसको साथमा छिन् । कांग्रेसले उनलाई सोही क्षेत्र बहराइचबाट टिकट दिएको छ । उनी विजेपीलाई दलित विरोधी रहेको आरोप लगाउँदै काँग्रेसमा गएकी हुन् । 

यशवंत सिंह: समाजवादीका थिए, अब बीजेपीतिर  
पूर्व मन्त्री यशवंत सिंह २०१४ मा मुलायम सिंहको लागि आजमगढमा प्रचार गरिरहेका उनी सबैलाई झड्का दिँदै २०१७ मा सीएम योगी आदित्यनाथको साथमा गएका थिए । पछि भाजपाले नै उनलाई एमएलसी बनाएको थियो । यसपटक यशवंत सिंह भाजपाको लागि आजमगढमा मेहनत गरिरहेका छन् । यसका साथ उनी पूर्वाञ्जलको कैयौं जिल्लाहरुमा भाजपाको लागि भोट माग्ने तयारीमा छन् । 

नरेश अग्रवाल: घाट-घाटको पानी पिए 
नरेश अग्रवाल २०१४ मा समाजवादी पार्टीमा थिए । उनी त्यतिबेला पूरै तरिकाले एसपीको पक्षमा प्रचार गरिरहेका थिए । यस पटक बीजेपीको लागि भोट मागेका थिए । नरेश अग्रवालका पुत्र नितिन अग्रवाल अहिले पनि एसपीका विधायक छन् । नरेशले शायदै पनि यस्तै दल छैन होला जसले काँग्रेस छोडेका छैनन् । कांग्रेस, लोकतान्त्रिक कांग्रेस, एसपी, बीएसपी, फेरि एसपी र अब बीजेपीमा उनी छन् । 

अशोक वाजपेयी: एसपीबाट किनारा, बीजेपीबाट राज्यसभामा 
अशोक वाजपेयी पुराना समाजवादी नेता हुन् । २०१४ मा लखनऊबाट टिकट समेत पाएको र अन्तिममा उनको टिकट काटेर अभिषेक मिश्रलाई दिइएको थियो । अशोक वाजपेयीलाई एसपीले एसएलसी बनाएका थिए । पछि उनले राजीनामा दिएर बिजेपीमा गएका थिए । त्यही कारण उनलाई भाजपाले राज्यसभामा पठाएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ