arrow

अन्तरिक्षमा कति छन् स्याटेलाइट ? 

logo
प्रकाशित २०७५ चैत २ शनिबार
satellite-space.jpg

काठमाडौं। विज्ञान र प्रविधिको विकाससँगै पृथ्वीको वरीपरी घुम्ने स्याटेलाइटको संख्या पनि बढ्दो क्रममा छ। संयुक्त राष्ट्रसंघको अन्तरिक्ष मामिला हेर्ने निकाय यूनूसाले सार्वजनिक गरेको प्रतिवेदनअनुसार यस वर्षको शुरवातसम्म ४ हजार ९ सय ८६ स्याटेलाइट पृथ्वीको कक्षमा परिक्रमा गरिरहेका छन्। यो सन् २०१८ को अप्रिलको तुलनामा २.६८ प्रतिशत बढी हो।

यूनूसाका अनुसार सन् २०१८ मा ३ सय ८२ ओटा वस्तुहरु अन्तरिक्षमा प्रक्षेपण गरिएको थियो। सन् २०१७ मा अहिलेसम्मकै सबैभन्दा बढी ४ सय ५३ वस्तुहरु अन्तरिक्षको कक्षमा प्रक्षेपण गरिएको थियो। 

अन्तरिक्षमा स्याटलाइटको वृद्धि 
सन् १९५७ मा पहिलोपटक स्याटेलाइट अन्तरिक्षमा प्रक्षेपण गरिएको थियो। त्यसपछि निरन्तरुपमा स्याटेलाइटको संख्या वार्षिकरुपमा बढ्दै गएको छ। यस्तोमा अबको १० वर्ष निकै महत्वपूर्ण हुनसक्ने देखिएको छ। एक अध्ययनअनुसार सन् २०३० सम्मको अवधिमा थप २ हजार स्याटेलाइट पृथ्वीको कक्षमा प्रक्षेपण हुनेछ। 

सक्रिय स्याटलाइट कति छन् ? 
गत नोभेम्बरसम्मको तथ्यांकअनुसार पृथ्वीको कक्षमा १ हजार ९ सय ५७ स्याटेलाइट छन्। यो संख्या समग्र स्याटेलाइटको तुलनामा केवल ४० प्रतिशत हो। यसको अर्थ पृथ्वीबाट पठाइएका धेरै स्याटेलाइट काम नगर्ने अवस्थामा छन्। 

कुन क्षेत्रमा कति स्याटेलाइट ? 
एक तथ्यांकलाई आधार मान्ने हो भने गत नोभेम्बरसम्मका अवस्थामा अहिले काम गरिरहेका स्याटेलाइटमध्ये ७ सय ७७ स्याटेलाइट आमसञ्चारको लागि प्रयोग गरिएको छ। पृथ्वीको निरीक्षणका लागि ७ सय १० स्याटेलाइट छन्। प्रविधि विकासको लागि २ सय २३ स्याटेलाइट छन्। स्थानका जानकारीका लागि १ सय ३७ स्याटेलाइट रहेकाछन्। अन्तरिक्ष विज्ञानको लागि ८५ स्याटेलाइट छन्। पृथ्वीको विज्ञानको लागि २५ स्याटेलाइट छन्। यसमध्ये केही स्याटेलाइटको प्रयोग विभिन्न किसिमको कामका लागि प्रयोग गरिने गरिएको छ। 

स्याटेलाइटको प्रयोग प्रत्यक्षरुपमा कसले गर्न सक्छ ? 
प्रत्यक्षरुपमा स्याटेलाइटको प्रयोग गर्ने प्रयागकर्तालाई चार विधामा बाँडिएको छ। ८ सय ४८ व्यावसायिक प्रयोगकर्ताले यसको प्रयोग गर्छन्। त्यस्तै ५ सय ४० सरकारी प्रयोगकर्ताले यसको प्रयोग गर्छन्। सैन्य प्रयोगकर्ताको संख्या ४ सय २२ रहेको छ भने १ सय ४७ सार्वजनिक प्रयोगकर्ताल यसको प्रत्यक्ष प्रयोग गर्छन्। २ सय ७९ स्याटेलाइटहरु विभिन्न किसिमका प्रयोजनका लागि प्रक्षेपण गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ