arrow

ललितपुर महानगरले नयाँ निजी विद्यालय सञ्चालनको अनुमति नदिने

logo
प्रकाशित २०७५ चैत ४ सोमबार
lalitpur_mahanagarpalika_hamrakura1.jpg

ललितपुर । ललितपुर महानगरपालिकाले आफ्नो क्षेत्रभित्र नयाँ निजी विद्यालयलाई यस वर्षपनि सञ्चालनको अनुमति नदिने भएको छ ।  नगरभित्रका विद्यालयलाई व्यवस्थित गर्ने भन्दै गतवर्ष महानगरपालिकाले नयाँ निजी विद्यालयलाई सञ्चालनको अनुमति नदिने निर्णय गरेको थियो । महानगरपालिकाभित्र कम दूरीमा नै धेरै निजी विद्यालय भएकाले त्यसलाई व्यवस्थित गर्नका लागि नयाँ शैक्षिक सत्रमा पनि थप विद्यालयलाई अनुमति नदिइने महानगरपालिकाले जनाएको छ ।

महानगर क्षेत्रभित्र १८२ निजी र ४० संस्थागत गरी कुल २२२ विद्यालय छन् । नक्साङ्कनको अभावमा कम दूरीमा नै धेरै विद्यालय रहेको नगर शिक्षा अधिकारी महेन्द्रबहादुर क्षेत्रीले बताए। उनका अनुसार कुमारीपाटी, लगनखेल, जावलाखेल लगायतका भित्रि भागमा कम दूरीमा धेरै विद्यालय रहेका छन् ।

अहिले सञ्चालनमा रहेका विद्यालयलाई कसरी व्यवस्थित गर्न सकिन्छ भन्ने छलफल भइरहेको उनले बताए। उनले भने, “ निजी विद्यालय व्यवस्थापनका विषयमा सरोकारवालासँग छलफल भइरहेको छ ।”

तीन चार वर्ष पहिलेसम्म निजी विद्यालय बढिरहँदा पनि सामुदायिक विद्यालय समायोजनमार्फत कम भएको महानगरपालिकाले जनाएको छ । त्यसयता भने सामुदायिक विद्यालयको समायोजन हुन नसकेको नगर शिक्षा अधिकारी क्षेत्रीले बताए ।

ललितपुर जिल्लामा अहिले नै धेरै विद्यालय भएकाले नयाँ खोल्ने निजी विद्यालयको स्थायीत्व पनि नहुने उनले बताए। उनले भने, “महानगरपालिकाको उद्देश्य विद्यालय सङ्ख्या थप्नेभन्दा भएकालाई कसरी सुधार गर्ने भन्ने नै हो ।” विद्यार्थी सङ्ख्या कम भएका विद्यालयको व्यवस्थापनका लागि महानगरपालिकाले जोड दिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ