arrow

निर्मलाकाण्डमा तत्कालिन एसपी बिष्ट प्रहरीको नियन्त्रणमा

logo
ईश्वर दत्त बडू, 
प्रकाशित २०७५ चैत ६ बुधबार
nirmala1.JPG

कञ्चनपुर । १३ बर्षिया बालिका निर्मला पन्तको बलात्कार र हत्या प्रकरणमा प्रमाण नष्ट गरेको र यातना दिएको अभियोग लागेका कञ्चनपुरका पुर्व प्रहरी प्रमुख (एसपी)  दिल्लीराज बिष्ट अदालतमा उपस्थित भएका छन् । उनी स्वयं अदालतमा उपस्थित भएपछि कञ्चनपुर जिल्ला अदालतमा बिष्टको बयान सुरु भएको हो । 

निर्मला पन्तकी आमा दुर्गादेवी पन्तले तत्कालिन कञ्चनपुरका प्रहरी प्रमुख एसपी बिष्ट सहितका आठ प्रहरी बिरुद्ध परेको सार्वजनिक न्याय कसुर मुद्दामा एसपी बिष्ट स्वयं आदालतमा उपस्थित भएका थिए । 

कञ्चनपुर जिल्ला अदालतले फागुन २६ गते विष्टलाई ३५ दिनभित्रमा अदालतमा उपस्थित हुन म्याद जारी गरेको थियो । म्याद जारी भएको १० दिनपटि मात्र बिष्ट अदालतमा उपस्थित भएका हुन् ।

मंगलबार बिहान करिब ११ बजेतिर आदालतमा उपस्थित भएका बिष्टको दिउँसो बयान सुरु भएको थियो । जिल्ला न्यायाधिश डा।राजेन्द्र कुमार श्रेष्ठको उपस्थितिमा आदालतका कर्मचारीले एसपी विष्टको बयान शुरु भएपनि बयान नै नसकिएपछि उनी प्रहरी नियन्त्रणमा छन् । 

कञ्चनपुर जिल्ला अदालतका श्रेष्तेदार हरिकृष्ण अवस्थीले आदालतमा हाजिर भएका पुर्व एसपी विष्टको बयान नसकिएको बताए । उनको बयान नसकिएपछि आदालतले उनलाई प्रहरीको जिम्मा लगाएको श्रेष्तेदार अवस्थीले बताए । 

बुधबार बयान सकेर थुनछेक बहस हुने आदालतले जनाएको छ । विष्टको मंगलबार यातना कसुर सम्बन्धी मुद्वाको मात्रै बयान लिने काम भएको अदालतले जनाएको छ । प्रमाण नष्ट गरेको मुद्वाको बयान लिन बाँकी नै रहेको छ । 

अर्को मुद्वाको समेत बयान लिने काम सकिएपछि इजलासमा थुनछेक बहस शुरु हुने श्रेष्तेदार अवस्थीले बताए ।थुनछेक बहस भइ इजलासको आदेश नआएसम्म अदालतमा उपस्थित भएका विष्ट प्रहरी हिरासतमा नै रहने छन् । 

भने उनीहरुलाई नै सार्वजनिक कसुर मुद्दामा पुर्व डिएसपी सेठी र पुर्व प्रहरी निरीक्षक खड्काबाट चार–चार लाख गरि सेठी र खडकाबाट ९–९ लाख रुपैयाँ अशुल्न आदेश जारी गरेको हो ।

यस्तै सार्वजनिक कसुर मुद्दा अन्तर्गत प्रहरी निरीक्षक जगदिश भट्ट चार लाख, प्रहरी नायब निरीक्षकद्वय हरसिह धामी ३ लाख ५० हजार, राम सिह धामी तीन लाख र प्रहरी जवान चाँदनी साउदबाट दुई लाख पचास हजार रुपैया अशुल्न आदेश दिएको हो ।

पुर्व प्रहरी उपरीक्षक दिल्लीराज विष्ट र डिएसपी अंगुर जिसीलाई भने आदालतले यस अघि नै ३५ दिनभित्र आदालतमा हाजिर हुन पत्र नै काटिसकेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ