arrow

खाद्य अधिकार सम्बन्धी अभिमुखीकरण 

logo
ईश्वरदत्त बडू, 
प्रकाशित २०७५ चैत ६ बुधबार
talim1.jpg

कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरमा खाद्य अधिकार सम्बन्धी अभिमुखिकरण तालिम शुरु भएको छ । फियान नेपालको सहयोगमा खाद्य अधिकार संजाल कञ्चनपुरको आयोजनामा मंगलबारदेखि दुई दिने अभिमुखिकरण तालिम शुरु भएको हो । स्थानीय खाद्य अधिकार संजालका सदस्यका लागि उक्त तालिम आयोजना गरिएको आयोजकले जनाएको छ । 

फियान नेपालका कार्यक्रम अधिकृत प्रकास नेगी र कानुन तथा क्षमता विकास अधिकृत प्रकास रानाले खाद्य अधिकार स्थानीय तहले खाद्य अधिकारका लागि गरेका प्रयास र सजालका सदस्यले गर्ने पहलका विषयमा प्रशिक्षण दिनेछन् । 

जिल्ला खाद्य अधिकार संजाल कञ्चनपुरका संयोजक कोमलनिरन्जन भाटको प्रमुख आथित्यमा उद्घाटन गरेका कार्यक्रममा भीमदत्त नगर खाद्य अधिकार संजालकका संयोजक प्रभूनिधी पन्तको अध्यक्षताका उद्घाटन गरिएको थियो । 

तालिममा खाद्य अधिकार संजाल कञ्चनपुरका सदस्यको सहभागिता रहेको छ । तालिम बुधबारसम्म संचालन हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ