arrow

मध्यपहाडी लोकमार्गको कन्तविजोग, तीन महीनापछि बल्ल खुल्यो 

logo
प्रकाशित २०७५ चैत ६ बुधबार
lokmarga.jpg.jpeg

रुकुम । भारी हिमपात र वर्षाका कारण अवरुद्ध भएको मध्यपहाडी लोकमार्गको काँक्री–बुर्तिवाङ सडकखण्ड पुनः सञ्चालन भएको छ ।

सडकमा हिउँ जमेपछि पुसबाट अवरुद्ध भएको मध्यपहाडी लोकमार्गमा डोजरमार्फत हिउँ हटाएपछि सञ्चालनमा आएको हो । मध्यपहाडी लोकमार्ग खुलेसँगै यातायातका साधन सञ्चालनमा आएका छन् । 

मध्यपहाडी लोकमार्ग खुलेपछि जिल्लावासीलाई यात्रामा सहज भएको छ । मध्यपहाडी लोकमार्गमा गाडी चल्न थालेपछि सर्वसाधारण खुशी भएका छन् । मध्यपहाडी लोकमार्ग भएर सदरमुकाम रुकुमकोट, भुमेको काँक्रीबाट जिल्लाको तकसेरा हुँदै बागलुङ, पोखरा, चितवन, काठमाडौँ पुग्न सजिलो भएको छ । 

सडक अवरुद्ध हुँदा रुकुम (पूर्व)का नागरिक काठमाडौं पुग्न रुकुम (पश्चिम) हुँदै राप्ती लोकमार्ग र रोल्पा हुँदै शहीदमार्गको रुट प्रयोग गर्न बाध्य थिए । 

राजधानी पुग्न राप्ती लोकमार्ग र शहीदमार्गभन्दा मध्यपहाडी लोकमार्ग भएर जाँदा झण्डै २०० किलोमिटर दूरी कम पर्ने गर्दछ । मध्यपहाडी लोकमार्ग खुलेसँगै लामो रुट प्रयोग गरी यात्रा गर्नुपर्ने बाध्यता टरेको सिस्ने गाउँपालिका–५ का सुदन बस्नेतले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ