arrow

होलीको रङबाट शरीरमा देखिनसक्छ यस्तो समस्या, यसरी बच्नुहोस् 

logo
एजेन्सी
प्रकाशित २०७५ चैत ६ बुधबार
holi.jpg

काठमाडौं । रङहरुको पर्व होली खेल्ने नेपाल र भारतमा धुमधामका साथमा मनाइन्छ । यस क्रममा सबै किसिमका रङको प्रयोग गरिन्छ । यसमध्ये केही रङहरुले मानिसको शरीरमा नोक्सानी पनि पुर्‍याउन सक्छ । त्यसैले होली खेल्नुभन्दा अगाडि सबै किसिमको राम्रो किसिमको नोक्सानीको बारेमा जान्नु जरुरी हुन्छ  । 

नोक्सानी 

१. होली खेल्ने समयमा आँखाभित्र रङ छिर्ने सम्भावना हुन्छ । यसको कारण आँखा रातो हुनु त सामान्य नै हो । त्यसका साथै केमिकलबाट बनेको रङ आँखाभित्र जाँदा आँखाको ज्योती नै गुम्ने सम्भावना पनि हुन्छ । 

२. केमिकल युक्त रङले छालालाई पनि निकै नोक्सानी पुर्‍याउँछ । यसले क्यान्सरसम्मको जोखिम निम्त्याउँछ । 

३. धेरै मानिसहरु पानी विनाको होली खेल्नु सुरक्षित मान्छन् तर यस्तो हुँदैन । सुख्खा रङ हावामा मिसिएर शरीरभित्र जान्छ । यसले दम तथा अन्य श्वासको रोग ल्याउने सम्भावना बढाउँछ । 

४. बजारमा पाइने विभिन्न किसिमको रङले मानिसको कपाललाई प्रभावित गर्छ । कपालमा यस किसिमको रङ लगाएपछि कपाल झर्ने, चाया पर्नेजस्ता केही सम्भावना बढ्ने हुन्छ । 

बचाउ 

१. होलीमा प्रयोग हुने रङमा मेटलअक्साइड प्रयोग गरिएको हुन्छ । यसले कपालमा नोक्सानी पुग्नसक्ने भएकोले खेल्नुभन्दा पहिला नरिवलको तेल लगाउनु राम्रो हुन्छ । 

२. रङ खेल्नुभन्दा पहिला शरीरमा तेल लगाउनु राम्रो हुन्छ । यसो गर्दा शरीरमा धेरै समय रङ अडिँदैन । त्यसका साथै कान, नाक, आखाँको वरिपरी भ्यासेलिन लागउनु राम्रो हुन्छ । यसो गदाए हानिकारक रङले असर गर्न पाउँदैन ।

३. होली खेलिसकेपछि रङ चिसो पानीले पखाल्नु जरुरी हुन्छ । तातो पानीको प्रयोग झन् कडा भएर रङ शरीरमा बस्ने सम्भावना हुन्छ । 

४. रङ हटाउनका लागि मानिसहरुले तेल, पेट्रोलजस्ता चीजको प्रयोग गर्छन् । यस्तो गर्नाले शरीरमा दाग निस्कने समस्या हुन सक्छ । त्यसैले रङ हटाउनका लागि बेसनको पीठोको प्रयोग गर्नु राम्रो हुन्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ