arrow

गिरिजा प्रसाद कपको उपाधी रानीवनलाई

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
490169388.jpeg
प्रेम रौले, बाजुरा। गत कार्तिक १० गतेबाट गिरिजा प्रसाद युवा मञ्च बाजुराले आयोजना गरेको  प्रथम गिरिजा प्रसाद कप फुटबल प्रतियोगिताको उपाधी रानी वन स्पोर्टस युथ क्लवले हात पारेको छ । फाइनलमा रानीवनले  नवजागरण युवा क्लव अछामलाइ १ का  बिरुद्द ३ गोलले पराजित गरेको थियो । प्रतिस्पर्धामा रानीवनका खगी सिंहले खेल सुरु भएको ५ मिनेटमा  नै गोल गरेका थिए । त्यसको प्रतिपाद गर्दै  जन जागरण युवा क्लव अछामले लगत्तै १ गोल गर्दै खेललाइ बराबरीमा ल्याएको थियो । पहिलो हाप नसकिन अगावै उत्कृष्ठ ढंगले रानीवनका महेश शाहीले दोस्रो गोल थपेका  थिए ।
 
मालिका उच्च माध्यामिक विद्यालयको खेल मैदानमा सुरु भएको खेलको  दोस्रो हापमा रानीवनका खडक रोकायाले १ गोल थप्दै खेललाइ सुनिश्चित गरेका थिए । प्रथम गिरिजा प्रसाद कप फुटबल प्रतियोगितामा १६ टिम सहभागि भएको आयोजकले बताएको छ । विजेता रानीवललाइ कप ,मेडल प्रमाण पत्र सहित ६० हजार १ सय १ रुपैयाका चेक हस्तान्तरण  गरिएको छ, भने उप विजेता नवजागरण युवा क्लव अछामलाइ मेड प्रमाण पत्र सहित ३१ हजार १ सय १ रुपैया चेक हस्तान्रण गरिएको आयोजकले बताएको छ ।
 
उक्त पतियोगितामा सहभागि भएका टिमहलाइ प्रमाण पत्र प्रदान गरिएको छ । कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका नेता तथा पुर्व सभासद देबराज जोशीले जिल्लाको खेल क्षेत्रको विकास गर्नका लागि सबैले एक भएर लाग्नु पर्ने  बताएका छन् । गिरिजा प्रसाद युवा मञ्चका अध्यक्ष विरेन्द्र रावलले भने खेल जगतको विकास गर्नका लागि फुटबल प्रतियोगिता गरिएको बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ