arrow

लम्वोदरका सहयोगीहरु पक्राउको माग

logo
प्रकाशित २०७५ चैत ८ शुक्रबार
lambodar.jpg

काठमाडौं । लहरो तान्दा पहरो गर्जिन्छ भने जस्तै भएको छ, यतिखेर नेपाल इन्जिनियरिंग कलेजका विवाद । कलेजलाई डुवाउने खोज्नेहरुको नाम दिनप्रतिदिन खुल्दै आएको छ । राजनारायण पाठक घुस प्रकरणमा उपराष्ट्रपतिका छोरादेखि विभिन्न राजनीतिक दलहरुका नेता कार्यकर्ताहरु तानिन थालेका छन् ।

यी तानिनेहरुमा केही मानिसहरुको नाम भने अझै आउन बाँकी नै छ । तिनीहरु हुन्, तत्कालिन कलेजका प्रिन्सिपल तथा भाइस प्रिन्सिपलहरु । तत्कालिन कलेजका प्रिन्सिपल शोभाकान्त देव, भाइस प्रिन्सिपलद्धय तोयानारायण पौडेल तथा तीर्थ निरौला अहिलेसम्म चोखिएर बसको छन् । कलेजका सञ्चालक समिति सदस्य सलिल भटराईका अनुसार कलेज डुवाउनमा यिनीहरुको हात कम छैन । त्यसकारण उनीहरुमाथि पनि कारबाही चलाउन विभिन्न नियकाहरुमा निवदेन दिएको बताए ।

भटराईका अनुसार कलेज डुवाउने योजनाका मुख्य योजनाकार लम्वोदर न्यौपानेको दायाँं हातका रुपमा यिनीहरु पनि रहेका छन् । लम्वोदरलाई गलत सल्लाह दिई आफूहरुले पनि मनग्य व्यक्तिगत आर्थिक घोताला गर्न यिनीहरु पनि सफल भएका थिए । लम्वोदरलाई कलेज प्राइभेट गरी वेच्न उक्साउने पात्रहरु यिनीहरु पनि हुन् । तथापि यिनीहरुको कुकृत्य बाहिर आउन बाकी नै छ ।

कलेलबाट अकुत सम्पती कमाएका यिनीहरुलाई पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सम्पत्ती शुद्धिकरण अनुसन्धान विभागले हाल नेपाल इन्जिनियरिङ कलेजमा भएको भ्रष्टाचारबारे अनुसन्धान गरिरहेका निकायहरुले चाँडो भन्दा चाँडो अनुसन्धान सकेर कारवाही प्रकृया अगाडि बढाउनु जरुरी देखिएको भटराईले बताए । ‘नभए यी भ्रष्टाचारीहरु पनि लम्वोदर जस्तै विदेश नभाग्ला भन्न सकिन्न, उनले भने ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ