arrow

पति नेकपाको नेता भएको आडमा शिक्षिका बोहोरा ६ महिनादेखि बिद्यालयमा अनुपस्थित

logo
सुशील भण्डारी,
प्रकाशित २०७५ चैत ९ शनिबार
teacher.png

अछाम । अछामको मंगलसैन नगरपालिका वडा नम्बर ८ सुतुडामा रहेको कालिका आधारभुत बिद्यालयमा एकजना शिक्षक ६ महिनादेखी अनुपस्थित रहेको भेटिएको छ । १ देखी ५ कक्षा सम्म जम्मा ६५ जना बिद्यार्थि रहेको सो बिद्यालयमा ३ जना दरबन्दी,१ जना राहत र १ जना निजीबाट गरी जम्मा ५ जना शिक्षक छन् । शिक्षकहरु बिभिन्न सघं संगठनमा क्रियाशिल भएका, नेता हरुको पहुँचमा रहेका कारण शिक्षण पेशाप्रति गैर जिम्मेवार हुने गरेको अभिभावकहरुले बताउने गरेका छन्। 

बिद्यालयमा कार्यरत शिक्षिका मुगा बोहरा गत कार्तिक महिनाको २५ गते देखी बिद्यालयमा अनुपस्थित हुदा बिद्यार्थिहरुको पढाईमा बाधा पुगेको छ । शिक्षिका लामो समयसम्म बिद्यालयमा अनुपस्थित हुदाँ समेत राजनीतिक प्रभावका कारण उनको खोजी भएको छैन । अहिले उक्त बिद्यालयमा बार्षिक परिक्षा संचालन भईरहेको छ। तर नियमित पठन पाठन बिना नै बिद्यार्थिहरु परिक्षा दिन बाध्य भएका छन । स्वास्थ्य समस्या देखाउदै शिक्षीका बोहरा २०७५ सालको दशै  बिदा पछि काठमाडौ गएकी हुन् । उनी नेपाल कम्युनिष्ट पाटी अछामका जिल्ला सदस्य चन्द्र बहादुर बोहराकी श्रीमती हुन।  बिद्यालयमा एक जना शिक्षक अनुपस्थित हुनुका कारण बिद्यार्थीको पठन पाठनमा प्रत्यक्ष समस्या आएको अभिभावकहरूले गुनासो गरेपनि सम्बिन्धत ठाउँमा भन्न सकेका छैनन्। 

शिक्षक अनुपस्थित भएका कारण बहु कक्षा शिक्षण गराएर बिद्यार्थीहरुलाई पठन पाठन गराउदै आइएको छ । स्वास्थ्यमा समस्या भएपनि स्वयम ब्यक्तिले कार्यालयमा उपस्थित भएर जानकारी गराउनु पर्दछ । शिक्षक अनुपस्थित हुदा बिद्यार्थीहरुको पठन पाठनमा चरम समस्या उत्पन्न भएको बिद्यालयका प्रधानाध्यापक ईन्द्र बहादुर रावलले बताए । मंगलसैन नगरपालिका  भित्र रहेका ५१ वटा बिद्यालयको  अनुगमनका क्रममा लामो समयसम्म बिद्यालयमा अनुपस्थित भएका ८ जना शिक्षक फेला परेका छन । समिक्षा बैठकबाट अनुपस्थित भएका शिक्षकहरुको तलव रोक्ने र पत्राचार गर्ने निर्णय गरिएको छ। उपस्थित हुदा खेरी पेश गरेको कागजातहरु सहीत बिद्यालयलाई यथार्थ रिपोर्ट ल्याउनको लागी पत्राचार गरिएपछि ४ जना शिक्षकहरुको फाईल नगरपालिकामा आएको छ भने ८ जना शिक्षकहरुको तलव रोक्का गरिएको मंगलसैन स्रोतकेन्द्रका स्रोत ब्यक्ति बृकेश सिंह बोगटीले बताए। 

बिद्यालयमा लामो समयसम्म अनियमीत हुने र लापरवाही गर्ने शिक्षकहरुलाई कारवाही गर्नको लागि केहि स्थानिय तहहरुले प्रक्रियाहरु अघि बढाएका छन् । सम्बन्धित स्थानिय तहहरुले अनुगमन गरेर आफुलाई सिफारीस गरेमा शिक्षा नियमावली भित्र रहेर कारवाही गरीने जिल्ला शिक्षा बिकास तथा समन्वय ईकाइ प्रमुख लक्ष्मण गिरीले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ