arrow

रोबोटले दिनेछ अब पहरा, अवैध गतिविधिका साथै अन्य सूचना पनि दिन्छ

logo
एजेन्सी
प्रकाशित २०७५ चैत ९ शनिबार
Robot1.jpg

काठमाडौं । चीनमा घरको सुरक्षाको लागि रोबोटको प्रयोग शुरु गरिएको छ । उक्त ‘रोबोट वाचम्यान’ ले घरको विश्वसनीयरुपमा सुरक्षा गर्ने गरेको छ । 

रोबोटले मानिससँग कुरा गुर्नका साथै सञ्चारमा कुनै पनि किसिमको अवैध गतिविधि लागेमा त्यसको सूचना दिने काम पनि गर्छ । चीनको बेइजिङ एयरोस्पेस अटामेटिक कन्ट्रोल इन्स्टिच्युटका प्रोजेक्ट डाइरेक्टर लियू गैंगजुनले रोबोटको परीक्षण २०१९ अप्रिलसम्म रहने  बताएका छन् ।

लियूले यसलाई चीन एकडेमी अफ लन्च भेकल टेक्नोलोजीले निर्माण गरेको हो । रोबोमा बायोलोजिकल पहिचान, तथ्यांक विश्लेषण, जहाजको प्रणालीसहितका केही प्रविधि पनि सामेल छ । यो मानिसहरुको लागि निकै सहायक साबित हुने बताइएको छ ।  

आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को विकासका लागि यसले महत्वपूर्ण सहयोग पुग्नसक्ने बताइएको छ । यसले एआईका उत्पादनलाई पनि बढावा दिने अपेक्षा गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ