arrow

अन्तर्राष्ट्रिय स्पेस स्टेशनले कसरी काम गर्छ ? 

logo
प्रकाशित २०७५ चैत ९ शनिबार
iss-nasa.jpg

काठमाडौं। अन्तरिक्षको विषयमा जानकारीका लागि राखिएको अन्तरिक्ष विमानलाई अन्तर्राष्ट्रिय स्पेस स्टेशन (आईएसएस) भनिन्छ। यसलाई पृथ्वीको कक्षमा राखिएको छ। यो अन्तरिक्षमा अध्ययन गर्ने वैज्ञानिकको घर पनि हो। यो फरक किसिमको वैज्ञानिक प्रयोगशाला हो। यो स्टेशनमा विश्वका केही मुलुकले सँगै काम गरिरहेका छन्। आईएसएस पृथ्वीभन्दा २ सय ५० माइल टाढा छ। यो स्टेशन प्रतिघण्टा १७ हजार ५ सय माइल प्रतिघण्टाको गतिमा घुमिरहेको छ। 

आईएसएस कति पुरानो छ ?
आईएसएसको पहिलो भाग सन् १९९८ को नोभेम्बरमा प्रक्षेपण गरिएको थियो। त्यसको दुईसातापछि रुसी कन्ट्रोल मोड्युल प्रक्षेपण गरिएको थियो। त्यसको दुई वर्षसम्म यसका विभिन्न भागहरु पठाइएको थियो। सबै भाग जडान भएपछि यो स्टेशन बस्नका लागि योग्य भएको थियो। पहिलोपटक सन् २००० को नोभेम्बरमा यो स्टेशनका क्र्यु सदस्यहरु पुगेका थिए। त्यसयता मानिसहरु सो स्टेशनमा रहँदै आएका छन्। नासाले र उसका सहयोगीले बिस्तारै सन् २०११ सम्ममा यो स्टेशन पूर्णरुपमा तयार पारेका थिए।

आईएसएस कति ठूलो छ ? 
आईएसएस पाँचओटा बेडरुम वा बोइङको दुई ७४७ जेटबराबरको आकारको छ। यसको तौल करिब १० लाख पाउण्डबराबरको छ। यसमा ५ जना मानिसका साथै अन्य पर्यटक पनि रहनेछन्। सौर्य किरणको आधारमा भन्ने हो भने यो स्टेशनले एउटा फुटबल मैदानबराबरको क्षेत्र ओगट्ने गरेको छ। आईएसएसमा अमेरिका, रुस, जापान र युरोपको प्रयोगशाला छन्। 

आईएसएस किन महत्वपूर्ण छ ?
आईएसएसबाट अहिले अन्तरिक्षमा हुने गरेका अनुसन्धान यहाँबाट नै हुने गर्छन्। यो स्टेशनमा पहिलोपटक मानिस पठाएपछि अहिलेसम्म मानिस टुटेका छैनन्। आईएसएसको अध्ययनले पृथ्वीका मानिसहरुका लागि निकै महत्वपूर्ण हुने गरेको छ। दैनिक जीवनको अध्ययनका लागि पनि यसको प्रयोग गरिने गरिएको छ। नासा र उसका सहयोगीहरुले कसरी आईएसएसलार्ई राम्रो बनाउने भन्ने विषयमा काम गरिरहेका छन्। नासा अहिले आईएसएसलाई व्यापक विस्तार गर्ने योजनामा अघि बढेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ