arrow

ढिस्कोले पुरिएर एक जनाको मृत्यु 

logo
किरण न्यौपाने, 
प्रकाशित २०७५ चैत १० आइतबार
Rangeli_Nagarpalika.png

रंगेली । मोरङको रंगेली ३ आमतोलामा टुयवेल गाढ्ने क्रममा खनेको खाल्डोको ढिस्कोले पुरिएर शनिवार दिउँसो एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा धनपालथान गाऊपालिका वार्ड नं ३ चेका सुकुम्वासी टोल बस्ने ३५ वर्षिय बाबुलाल हेमरम रहेको इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरिक्षक कविन्द्र कार्कीले बताए । 

प्रहरीका अनुसार रंगेली ३ आमतोला बस्ने केदार अधिकारीको पुरानो टुयुवेल विग्रीएर बनाउने क्रममा ५ फिट खनेको खाल्डोबाट जिआई पाईप निकाल्न खाल्डोमा पस्ने क्रममा ढिस्कोले पुरिएर हेमरमको ज्यान गएको जनाएको छ ।

 ढिस्कोले पुरिएपछि स्थानिय सहित इलाका प्रहरी कार्यालय रंगेली र बेतौना प्रहरी चौकीका प्रहरीले करिव डेढ घण्टा लगाएर उनको शव निकालेको थियो । 

मृतकको शव पोष्टमार्टमका लागी जिल्ला अस्पताल रंगेलीको शव गृहमा राखिएको प्रनि कार्कीले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ