arrow

काँग्रेसको सरकारलाई चेतावनी : ३ विधेयक संसदबाट फिर्ता गर्नुस् 

logo
प्रकाशित २०७५ चैत १० आइतबार
Gachhadar_parliament.jpg

काठमाडौं । नेपाली काँग्रेसले सरकारलाई ३ वटा विधेयक फिर्ता गर्न माग गरेको छ । आईतबार प्रतिनिधि सभाको तेस्रो अधिवेशनको अन्तिम बैठकमा दलीय प्रतिनिधित्वको आधारमा बोल्दै नेता गच्छदारले सरकारले संसदमा दर्ता गरको ३ विधेयकहरुले राष्ट्रिय हित गर्न नसक्ने भन्दै काँग्रेसले विधेयकहरु फिर्ता दिन भनेको हो । 

गच्छदारले सेनालाई प्रधानमन्त्री एक्लैले सेना परिचालन गर्र्न सक्ने व्यवस्था सहित ल्याईएको राष्ट्रिय सुरक्षा परिषद्को काम, कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाहरु प्रधानमन्त्रीको सीधा मातहतमा रहने प्रस्ताव समेटिएको राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको द्रुततर निर्माण तथा विकासका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रेस र अभिव्यक्ति स्वतन्त्रतालाई नियन्त्रण गर्न बनेको सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई तत्काल फिर्ता गर्न भनेका हुन् । 

यस बाहेक नेता गच्छदारले सरकार शान्ति सुरक्षामा पूर्ण असफल रहेको आरोप समेत लगाएका छन् । उनले एउटी बालिकाको हत्या भएको छ महिनासम्म दोषी पत्ता लगाउन नसक्ने सरकार संसदसँग समेत भाग्ने गरेको आरोप समेत लगाएका छन् । हरेक आईतबार सरकारले संसदमा उठेका प्रश्नहरुको उत्तर दिने भनेकोमा एकपटक बल्ल बल्ल आएका प्रधानमन्त्रीले दोस्रो पटकदेखि संसदमा कहिलै सांसदहरुको प्रश्नको जवाफ नदिएको भन्दै प्रधानमन्त्रीले नै संसदीय सर्वोच्चता नमानेको आरोप लगाए । 

उनले संसदमा सत्ता पक्षले जवर्जस्ती विधेयक पारित गरेको गलत संसदीय अभ्यास समेत यही अधिवेशनमा भएको भन्दै यो इतिहासको दुखद् समयको रुपमा पछिसम्म चिनिने गच्छदारले बताए । राजपाले सरकारलाई गिरिशचन्द्र लाल नेतृत्वको कार्यदलले बुझाएको प्रतिवेदन जारी गर्न पटक पटक दबाब दिँदा पनि सरकारले सो प्रतिवेदन नबुझाएको भन्दै यसले सरकारमाथि नै आशंका गर्ने ठाउँ धेरै भएको बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ