arrow

बन्द हुदै माइक्रोसफ्टको विन्डोज ७

logo
प्रकाशित २०७५ चैत ११ सोमबार
microsoft.jpg

काठमाडौं ।  माइक्रोसफ्टले अपरेटिङ सिस्टम विन्डोज ७ लाई बन्द गर्ने भएको छ ।  हालै माइक्रोसफ्टले विन्डोज ७ का प्रयोगकर्ताहरुलाई नोटिफिकेशन पठाउन सुरु गरेको छ । जसमा कम्पनीले अब विन्डोज ७ अपरेटिङ सिस्टमको लागि अपडेट उपलब्ध नगराउने भनिएको छ ।

माइक्रोसफ्ट  प्रयोगकर्ताहरु विन्डोज ७ बाट विन्डोज १० मा अपग्रेड हुन् भन्ने चहान्छ । तर नोटिफिकेशनमा विन्डोज १० को बारेमा केहि लेखिएको छैन । तर नोटिफिकेशनको तल लर्न मोरमा  क्लिक गरे युजर विन्डोज ७ को वेबसाइटमा पुग्छन् जहां यूजरलाई आफ्नो पीसी अपग्रेड गर्ने सलाह दिइएको छ ।

कम्पनीले २२  जुलाई २००९ मा विन्डोज ७ सार्वजनिक गरेको थियो । मे महिनाको सुवातमै कम्पनीले  विन्डोज ७  बन्द गर्ने नोटिफिकेशन दिने निर्णय गरेको थियो । कम्पनीद्वारा दिइएको नोटिफिकेशन विन्डोज अपडेटको नोटिफिकेशन जस्तै रहेको छ ।

जसमा लेखिएको छ , '१० बर्षको सेवापछि १४ जनवरी २०२० त्यो अन्तिम दिन हुनेछ जब कम्पनी विन्डोज ७ वाला कम्प्युटरको लागि सेक्योरिटी अपडेट उपलब्ध गराउनेछ । हामी जान्दछौ बदलाव निकै मुश्किल हुन सक्छ त्यसैले हामी तपाईलाई पहिले नै जानकारी दिइरहेका छौ कि तपाई आफ्नो डेटा र फाइल ब्याक गर्न सक्नुहोस ।'

प्रयोगकर्ताका लागि नयाँ अपडेट विन्डोज अपडेट अपशनमा उपलब्ध हुनेछ । यदि यूजरले अटोमेटिक अपडेटको अपशन रोजेको भए , अपडेट आफै डाउनलोड र इन्स्टल हुनेछ । यदि यूजर बार-बार नोटिफिकेशन नचाहिए उसले 'डु नट रिमाइन्ड अगेन' को अपशन चुन्नुपर्नेछ ।

मीडिया रिपोर्टका अनुसार विन्डोज १० माइक्रोसफ्टले १० अर्व इन्स्टलको लक्ष्यसम्म पुग्ने कोशिशमा रहेको छ ।  विन्डोज ७ बन्द गरेपछि कम्पनी विन्डोज १० लाई अझ सशक्त ढंगले प्रमोट गर्न सक्नेछ । विन्डोज १० अहिले  ८० करोड डिभाइसमा प्रयोग भइरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ