arrow

ह्याकरको निशानामा फोरजी नेटवर्क, आगमन कल र क्यासेन हुनसक्छ बन्द

logo
प्रकाशित २०७५ चैत ११ सोमबार
4g1.jpg

काठमाडौं । प्रविधि र उच्च गतिको इन्टरनेटले पछिल्लो समय विश्वभर आमसञ्चारको क्षेत्रमा नयाँ उडान भरेको छ । प्रयोगकर्ताले फोरजी इन्टरनेटको माध्यमबाट विश्वको कुनै पनि स्थानमा आफ्ना साथीभाइ तथा परिवारको साथमा कलका साथै भिडियो कल पनि गर्न सक्छन् ।

हाइस्पिड इन्टरनेटको धेरै फाइदा छन् । तर, यसले मानिसको गोपनीयतामा पनि जोखिम बढाएको विषयलाई भने नर्कान सकिँदैन । अहिले विश्वका धेरैजसो प्रयोगकर्ता एलटीईको माध्यमबाट उच्च गतिको फोरजी इन्टरनेटको सेवा पाइरहेका छन् ।

हालसार्ल गरिएको एक अनुसन्धानमा शोधकर्ताले यो नेटवर्कको हर्जनभन्दा बढी कमजोरी पत्ता लगाएका छन् । नेटवर्कमा देखिएको यस किसिमको कमीको सहायतामा ह्याकरलाई प्रयोगकर्ताका मोबाइल नेटवर्कका साथै उनीहरुको अन्य विवरण पनि ह्याक गर्न सहज हुनेछ ।

अनुसन्धानमा एलटीईमा ५१ किसिमको कमजोरी फेला परेको थियो । यसमध्ये ३६ कमजोर पूर्णरुपमा नयाँ होइनन् । यसको कारण विश्वभरका प्रयोगकर्ताको विवरण र मोबाइल नेटवर्कमा ठूलो खतरा रहेको देखिएको छ ।

एलटीईमा देखिएको कमजोरीबाट प्रयोगकर्तालाई कसरी नोक्सानी पुग्नसक्छ भन्ने विषयमा भने जानकारी दिइएको छैन । तर, यसको कारण मोबाइल बेस स्टेशनका काममा बाधा आउनसक्ने बताइएको छ । यसका साथै आगमन कल र म्यासेज पनि ह्याकरले बन्द गर्नसक्ने बताइएको छ । यो प्रतिवेदन फोरजी नेटवर्कको निगरानी राख्ने संस्था जीएसएमएलाई दिइएको छ । अहिलेसम्म यो संस्थाले भने आधिकारिकरुपमा कुनै प्रतिक्रिया दिएको छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ