arrow

विद्युत वितरण केन्द्र गुल्मीमा गुनासो डेस्क

logo
रमेश विश्वकर्मा,
प्रकाशित २०७५ चैत १२ मंगलबार
gunaso-desk.jpg

गुल्मी।  ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालमा आवद्ध संस्था सुशासन अभियान गुल्मीले नेपाल विद्युत प्राधिकरण गुल्मी वितरण केन्द्र तम्घास गुल्मीको परिसरमा गुनासो डेस्क राखी गुनासो संकलन गरेको छ ।

मंगलबार सुशासन अभियान गुल्मी मार्फत सञ्चालित एलाक आउटरिच कार्यक्रम अन्तर्गत घुम्ती सहयोग कक्ष (गुनासो संकलन) कार्यक्रम गरेको हो । कार्यालयले प्रदान गर्ने सेवा सम्बन्धमा  सेवाग्राहीको गुनासो संकलन कार्य गरिएको बताईएको छ ।

नेपाल विधुत्त प्राधिकरण गुल्मी शाखाले प्रदान गर्ने सेवामा ग्रामीण क्षेत्रका जनताहरुलाई विद्युत महशुल बुझाउन तम्घास मै आउनु पर्दा समस्या भएको, विद्युतीय तारहरु लत्रिएको पुराना पोलहरु ढल्ने अवस्थामा कार्यालयमा जानकारी गराउदा पनि समयमै प्राविधिकहरु जाने नगरेको, ग्रामीण क्षेत्रमा मिटर रिडरहरु मिटर रिडिङ्ग गर्न निर्धारित समयमा जाने नगरेको, विधुत्त प्रवाह नियमित हुन नसकेको, लगायतका गुनासोहरु आएको सुशासन अभियान गुल्मीका अध्यक्ष श्यामकुमार पाण्डेयले जानकारी दिए ।

तत्कालन समाधान  हुनसक्ने गुनासोहरुको बारेमा कार्यालयप्रमुख संग बसी गुनासाहरु तत्काल समाधान गराउने र बाँकी गुनासाहरुको निराकरणका उपाएहरुका सम्बन्धमा छलफल समेत गरिएको कार्यक्रम अधिकृत अञ्जना अधिकारीले जानकारी दिईन ।

कार्यक्रममा संस्थाका अध्यक्ष श्यामकुमार पाण्डेय, सचिव विनोद पाण्डेय, कार्यक्रम अधिकृत अञ्जना अधिकारी, सहयोगी बिक्रम पन्थी र सन्तोष गैरेको उपस्थितमा सम्पन्न भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ