arrow

दुई महिनाको तलब माग्दा थर्काए मेयरले, जनकपुरका सरसफाइ मजदूर आन्दोलित

logo
निरंजन कुमार साह,
प्रकाशित २०७५ चैत १२ मंगलबार
janakpur.gif

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाका सरसफाइ गर्ने मजदूरहरु तलबको माग गर्दै आन्दोलित बनेको छ ।  उपमहानगरपालिकाले दुई महिना देखि तलब नदिएपछि  उनिहरु काम रोकेर आन्दोलित बनेका हुन् ।  

तलबको बारेमा मेयर लालकिशोर साहलाई जानकारी गराउँदा उनले उल्टै दुर्व्यवहार गर्दै गालीगलौज गरेको आरोप मजदूरहरुले लगाएका छन । उनीहरुले मेयर साहले माफी माग्नुपर्ने र दुई महिनाको तलब भुक्तानी गर्नुपर्ने लगायत माग राखेकका छन् ।

एक सफाइ मजदुरको भनाइ अनुसार आफूहरुलाई एक महिनादेखि तलब उपलब्ध गराउने आश्वासन दिएपनि हालसम्म तलब नदिई मेयर साहले उल्टै गाली गलौज गरेकाले तत्काल माफी माग्नुपर्ने र तलब उपलब्ध गराउनुपर्ने बताए ।

त्यस्तै उपमेयर रिता झाले सफाइ मजदुरको समस्या छिट्टै नै समाधान गरिने भन्दै काममा फर्किन आग्रह गरिन् ।  संघीय सरकारले करार तथा ज्यालादारीमा कर्मचारी भर्ना गर्न स्थानीय निकायलाई पत्राचार गरेपछि यस्तो समस्या आएको उपमेयर झाले बताइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ